थ्रेड्स अफ द हिमालयन फाउन्डेसनको आयोजनामा नोभेम्बर ४ अर्थात् ४ नोभेम्बरमा ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे–२०२६’ कार्यक्रम सम्पन्न भएको हो।
आयोजकका अनुसार फेसनलाई जलवायु परिवर्तनसम्बन्धी सचेतना, सांस्कृतिक संरक्षण, ग्रामीण समुदायको सशक्तीकरण र दिगो पर्यटनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
फाउन्डेसनकी अध्यक्ष रमिला नेम्कुल श्रेष्ठका अनुसार नेपालको हिमाली क्षेत्रमा भेडापालन तथा स्थानीय ऊनको उत्पादन र उपयोगितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनु कार्यक्रमको प्रमुख लक्ष्य थियो।
यस अभियानमार्फत किसान, स्थानीय सीप, महिला उद्यमशीलता, लघु व्यवसाय र फेसन उद्योगबीच सहकार्यको वातावरण निर्माण गर्ने दीर्घकालीन योजना रहेको उनले बताइन्।
त्यसैगरी, जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायका समस्या र आवाजलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने प्रयाससमेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले स्थानीय स्रोतसाधनको दिगो उपयोग, प्राकृतिक सम्पदाको संरक्षण र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत ज्ञानको महत्त्वलाई समेत उजागर गरेको छ।
फेसन शोले बाजुरा तथा समग्र सुदूरपश्चिम प्रदेशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटनका सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ।
