काठमाडौँबाट ‘कृष्ण ट्रान्सपोर्ट’ को सामान लिएर इटहरीतर्फ गइरहेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर ठोक्किएका थिए। ठक्करपछि ट्रकमा आगो लागेको हो।
दुर्घटनामा स्कुटरमा सवार हेमराज बख्रेल र सृजना अधिकारी घाइते भएका छन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार बख्रेलको अवस्था सामान्य रहेको छ। उनको सोही अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
अर्की घाइते अधिकारीलाई भने थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
यस घटनाप्रति संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चासो व्यक्त गरेका छन्। दुर्घटनाबारे जानकारी पाएलगत्तै उनले सम्बन्धित निकायसँग घटनाको विवरण लिँदै आवश्यक छानबिन गर्न र प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाउन स्थानीय इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।
सभापति गजुरेलले जिल्ला अस्पतालका प्रमुखसँग सम्पर्क गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थापनबारे पनि जानकारी लिएका थिए।
उनले घाइते दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेलाई उचित उपचारको व्यवस्था मिलाउन तथा कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
