• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गौरीफन्टा नाकामा स्वदेश फर्किने नेपालीलाई सास्ती, चेकजाँचमै पाँच घण्टासम्म प्रतीक्षा

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
गौरीफन्टा नाकामा स्वदेश फर्किने नेपालीलाई सास्ती, चेकजाँचमै पाँच घण्टासम्म प्रतीक्षा
0
SHARES
1
VIEWS

धनगढी, २२ कात्तिक । तिहार मनाउन भारतबाट नेपाल फर्किने नेपालीहरूले कैलालीको गौरीफन्टा सीमा नाकामा लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने समस्या भोगिरहेका छन्। सीमा क्षेत्रमा चेकजाँच प्रक्रिया सुस्त हुँदा यात्रुहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्।

धनगढी उपमहानगरपालिका–७ देवहरियाका नरेन्द्रनारायण मगर शुक्रबार बिहान ८ बजे गौरीफन्टा नाका आइपुगेका थिए। मुम्बईबाट घर फर्किएका उनी दिउँसो १ बज्न लाग्दासमेत सुरक्षा जाँचका लागि लाइनमै थिए। भारतीय सुरक्षाकर्मीको चेकजाँच पूरा गर्न करिब पाँच घण्टा बिताएका उनी त्यसपछि नेपालतर्फको जाँचका लागि प्रतीक्षारत थिए।

लामो समयसम्म भोकै बसेर जाँचको पालो कुर्नुपरेपछि मगरले असन्तुष्टि व्यक्त गरे। स्वदेशमा रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य भएका नागरिकलाई चाडपर्वमा घर फर्कँदासमेत सहज वातावरण नबनाइएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

उनले गौरीफन्टा नाकाको व्यवस्थापन सुधार गरी भारतबाट फर्किने नेपालीले सहज रूपमा आवतजावत गर्न सक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

यसैगरी, भारतको पुनाबाट तीन दिनको यात्रा गरेर शुक्रबार बिहान गौरीफन्टा पुगेकी पवित्रा घर्तीले पनि सीमा नाकामा सास्ती भोग्नुपरेको बताइन्। उनका अनुसार नेपालतर्फको जाँचमा खासै समस्या नभए पनि भारतीय क्षेत्रमा सुरक्षा जाँचका कारण लामो समय कुर्नुपर्ने अवस्था छ। चेकजाँचकै क्रममा दुईदेखि तीन घण्टा बिताउनुपरेको उनले सुनाइन्।

भारतबाट फर्किने नेपालीले सीमा क्षेत्रमा भोग्नुपरेको समस्याबारे जानकारी पाएपछि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाको नेतृत्वमा एक टोली शुक्रबार गौरीफन्टा पुगेको थियो।

टोलीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रमुख विवेक यादव र भारतीय कस्टम प्रमुख अमर उपाध्यायलगायत अधिकारीसँग भेट गरी चेकजाँच प्रक्रिया सहज बनाउन आग्रह गरेको थियो।

भेटका क्रममा एसएसबी प्रमुख यादवले सुरक्षा जाँचका कारण केही ढिलाइ भएको स्वीकार गर्दै यात्रुलाई सहज बनाउन आवश्यक समन्वय गर्ने बताएका थिए।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष ओझाका अनुसार सीमा नाकामा प्रयोग भइरहेको एक्सरे मेसिनको संख्या कम भएकाले चेकजाँचमा ढिलाइ भइरहेको जानकारी भारतीय अधिकारीहरूले दिएका छन्। एउटै एक्सरे मेसिनबाट जाँच गर्नुपर्ने र एक जना यात्रुसँग रहेका धेरैवटा झोला परीक्षण गर्न समय लाग्ने भएकाले यात्रुको प्रतीक्षा बढेको उनको भनाइ छ।

ओझाले चाडपर्वका बेला स्वदेश फर्किने नेपालीले भोग्नुपरेको समस्याबारे भारतीय अधिकारीहरूसँग कुरा उठाइएको र उनीहरूले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

यसका साथै गौरीफन्टा नाकामा भारत जाने तथा नेपाल फर्किने यात्रुका लागि शौचालयको समेत अभाव रहेको उनले बताए। कैलाली उद्योग वाणिज्य संघले उक्त समस्या समाधान गर्न छिट्टै शौचालय निर्माण गर्ने तयारी गरेको पनि ओझाले जानकारी दिए।

टोलीमा संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी र सचिव प्रकाशबहादुर चन्दसमेत सहभागी थिए।

भारतीय सुरक्षाकर्मीका अनुसार बिहीबार र शुक्रबार भारतबाट नेपाल फर्किने यात्रुको चाप बढी देखिएको छ। यात्रुको संख्या बढ्नु, सीमित एक्सरे मेसिनबाट सामान जाँच गर्नुपर्ने अवस्था र एउटै यात्रुका धेरै झोला परीक्षण गर्नुपर्ने कारणले चेकजाँच प्रक्रिया प्रभावित भएको हो।

Previous Post

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

Next Post

झिलिमिली बत्तीले सजियो काठमाडौं, तिहारको रौनकले उज्यालिए असनदेखि न्युरोडसम्मका बजार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav