प्रहरीका अनुसार पाख्रिबास नगरपालिका–४ निवासी गणेश गुरुङको घरमा जुवा खेल भइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट १६ वटा कौडा र जुवा खेलिरहेको अवस्थामा रहेको १६ हजार ५०० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
त्यसैगरी पक्राउ परेका १५ जनाको साथबाट थप २ लाख ९६ हजार ८०० रुपैयाँ नगद फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमन्त भण्डारी क्षेत्रीका अनुसार घटनास्थल र पक्राउ परेका व्यक्तिहरूबाट गरी कुल ३ लाख १३ हजार ३०० रुपैयाँ बरामद गरिएको हो।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
