• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दक्षिण एसियाली सम्पदाको विस्थापन र पुनःप्राप्तिबारे काठमाडौंमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
दक्षिण एसियाली सम्पदाको विस्थापन र पुनःप्राप्तिबारे काठमाडौंमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
0
SHARES
10
VIEWS

काठमाडौं । दक्षिण एसियाका ऐतिहासिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मौलिक स्थानबाट विस्थापित भए र तिनको वास्तविक स्वामित्व कसको हुनुपर्छ भन्ने विषयलाई केन्द्रमा राखेर काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न भएको छ।

बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजना गरिएको ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनीले सांस्कृतिक सम्पदाको विस्थापन, संरक्षण र पुनःप्राप्तिका सवाललाई उजागर गरेको थियो।

तारागाउँ नेक्स्टको आयोजनामा तथा सराफ फाउन्डेसनको सहयोगमा सम्पन्न प्रदर्शनीको क्युरेसन डा. अर्शिया मन्सुर लोखण्डवालाले गरेकी थिइन्। प्रदर्शनीमा दक्षिण एसियाका विभिन्न मुलुकका ऐतिहासिक तथा धार्मिक सम्पदाले भोगेको विस्थापनको कथा कलामार्फत प्रस्तुत गरिएको थियो।

प्रदर्शनीमा नेपालका खाली भएका मन्दिर र त्यहाँबाट हराएका मूर्ति, भारतका विस्थापित कांस्य प्रतिमा, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला तथा बंगलादेशका टेराकोटा सम्पदालाई विशेष रूपमा समेटिएको थियो। यसरी नेपाल, भारत, पाकिस्तान र बंगलादेशलगायतका मुलुकका सांस्कृतिक सम्पदासम्बन्धी विषयलाई एउटै मञ्चमा प्रस्तुत गरिएको थियो।

धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो सम्बन्ध राख्ने वस्तुहरू आफ्नो मूल स्थानबाट हटाइएपछि तिनको सामाजिक र आध्यात्मिक महत्व कसरी बदलिन्छ भन्ने विषय पनि प्रदर्शनीको मुख्य आकर्षण बनेको थियो। कुनै समय पूजा, धार्मिक अनुष्ठान र सामुदायिक परम्पराको हिस्सा रहेका कलाकृति संग्रहालयमा पुगेपछि केवल प्रदर्शनका वस्तुमा सीमित हुने अवस्थालाई विभिन्न कलात्मक माध्यमबाट देखाइएको थियो।

त्यस्तै, सांस्कृतिक सम्पदा हराउनुका पछाडि रहेको औपनिवेशिक सोच, अवैध कला तथा पुरातात्त्विक वस्तुको कारोबार र त्यसलाई सहयोग गर्ने संस्थागत संरचनाबारे पनि प्रदर्शनीमा बहस गरिएको थियो। पश्चिमी संग्रहालयहरूले सम्पदाको भौतिक स्वामित्वलाई प्राथमिकता दिँदा त्यससँग सम्बन्धित समुदायको इतिहास, धार्मिक आस्था र सांस्कृतिक अधिकार ओझेलमा पर्ने गरेको विषयलाई समेत उठाइएको थियो।

प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका कलाकारहरूको सहभागिता थियो। तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एल.एन. तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिंघेका कलाकृति प्रदर्शनमा राखिएका थिए।

सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदाको हराएको इतिहास र त्यसको पुनःप्राप्तिको विषय नेपालका लागि विशेष महत्वको रहेको बताइन्। उनका अनुसार यस्ता प्रदर्शनीले दक्षिण एसियाली समुदायलाई आफ्नै दृष्टिकोणबाट इतिहास र सांस्कृतिक पहिचान बुझ्न सहयोग पुर्‍याउँछन्। साथै, सम्पदाको पुनःस्थापनाले वर्तमान र आगामी पुस्तामा पार्ने प्रभावबारे छलफल गर्ने अवसर पनि सिर्जना गर्छन्।

प्रदर्शनीकी क्युरेटर डा. लोखण्डवालाले विश्वका विभिन्न संग्रहालयहरूले आफ्नो संग्रहमा रहेका औपनिवेशिक इतिहास र सम्पदाको स्वामित्वबारे पुनर्विचार गर्न थालेको उल्लेख गरिन्। उनका अनुसार सांस्कृतिक सम्पदा फिर्ता गर्ने विषय अहिले महत्वपूर्ण अन्तर्राष्ट्रिय बहसका रूपमा अघि बढिरहेको छ।

प्रदर्शनी अवधिभर कलाकारसँगको संवाद, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो। ती कार्यक्रमले सांस्कृतिक सम्पदाको संरक्षण, ऐतिहासिक स्वामित्व, पहिचान र समुदायको अधिकारबारे सहभागीहरूबीच छलफल तथा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेका थिए।


Previous Post

विस्थापितलाई कहाँ राख्ने ? उत्तरगया अध्यक्षको संघीय सरकारसँग पुनर्वासको व्यवस्था गर्न आग्रह

Next Post

दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो नियन्त्रणमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav