• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तिहारमा फूल तथा माला किन्नेको चहलपहल

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
तिहारमा फूल तथा माला किन्नेको चहलपहल
0
SHARES
10
VIEWS

तिहार पर्व नजिकिएसँगै काठमाडौंका फूल तथा माला बिक्री हुने पसलहरूमा उपभोक्ताको भीड बढ्न थालेको छ। विशेषगरी भाइटीकाका लागि दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला तथा घर सजावटमा प्रयोग हुने सयपत्री, गोदावरी र मखमली फूलको माग बढेको हो।

तिहारलाई फूल र मालाको पर्वका रूपमा समेत चिनिन्छ। यस अवसरमा घरका झ्याल, ढोका, दियोघर तथा कलश सजाउन फूलको प्रयोग गरिने भएकाले बजारमा यसको माग उच्च हुने गरेको छ। अहिले उपभोक्ताहरू घर, कार्यालय तथा विभिन्न व्यापारिक प्रतिष्ठान सजाउन र भाइटीकाका लागि माला खरिद गर्न व्यस्त देखिन्छन्।

फूल तथा माला बिक्री गर्ने व्यवसायी र उपभोक्तालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले विभिन्न स्थानलाई बिक्रीस्थलका रूपमा तोकेको छ। महानगरले निर्धारण गरेका स्थानमा व्यवसायीहरूले पसल सञ्चालन गरिरहेका छन् भने उपभोक्ताहरूले त्यहीँबाट फूल तथा माला खरिद गरिरहेका छन्।

महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई बिक्रीस्थल तोकेको छ।

त्यस्तै, चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडिको क्षेत्रलाई पनि स्वदेशी फूलमाला बिक्रीका लागि अनुमति दिइएको छ।

यसैगरी कमलादीस्थित आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजास्थित बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीका बुद्ध मल र गुणस्तर खाल्डोलाई समेत बिक्रीस्थलका रूपमा निर्धारण गरिएको छ।

काठमाडौं महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्रोत्साहन गर्दै आएको छ। महानगरले तोकेका विभिन्न स्थानबाट अहिले स्वदेशी फूलमाला बिक्री भइरहेको छ।

तिहारको रौनक बढेसँगै बजारमा उपभोक्ताहरूको गतिविधि पनि बढेको छ। कोही भाइटीकाका लागि माला खरिद गर्न व्यस्त छन् भने कोही घर तथा पसल सजावटमा जुटेका छन्। आइतबार लक्ष्मीपूजा परेकाले पनि अहिले घर तथा व्यापारिक प्रतिष्ठानहरू सजाउने काम तीव्र रूपमा भइरहेको छ।

Previous Post

जापानमा भूकम्पबाट कम्तीमा २४ जना घाइते, रेल सेवा प्रभावित

Next Post

कविता र गीत वाचन गर्दै मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav