• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु, तीन जना घाइते

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु, तीन जना घाइते
0
SHARES
3
VIEWS

काठमाडौं । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। बर्दिया, बारा र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाले ज्यान गुमाएका हुन्।

बर्दियाको राजापुर नगरपालिका–८ भोगपुरस्थित सडकमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भोगपुरबाट सडुवातर्फ जाँदै गरेको से ७ प ५७३८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गेरुवा गाउँपालिका–३ लोहरपुर निवासी ४० वर्षीय हरिराम थारुको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका थारुको बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, बाराको कोल्हवी नगरपालिका–२ न्यौपाने टोलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय अमित मोक्तानको ज्यान गएको छ। शनिबार राति तामागढीबाट कोल्हवीतर्फ आउँदै गरेको म.प्र.०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका मोक्तान गम्भीर घाइते भएका थिए।

उनको नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकलमा सवार अन्य दुई जना पनि घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

यता, सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

शनिबार राति प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक मोरङको विराटनगर महानगरपालिका–९ निवासी २७ वर्षीय इस्पस अर्याल र मोटरसाइकलमा सवार विराटनगर–२ तिनपैनी निवासी २८ वर्षीय शाश्वत पोखरेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरीमा भएको दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। तीनवटै जिल्लामा भएका दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Previous Post

भरतपुरमा खुल्यो डीडीसीको नयाँ बिक्री कक्ष, २० प्रकारका दुग्धजन्य उत्पादन उपलब्ध

Next Post

सेवाग्राहीलाई सहज बनाउन पर्सा जिल्ला अदालतमा संरचनागत सुधार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav