• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ब्यारेकदेखि सडकसम्म कुकुर तिहारको उल्लास, तालिमप्राप्त कुकुरले देखाए सैनिक कला

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
ब्यारेकदेखि सडकसम्म कुकुर तिहारको उल्लास, तालिमप्राप्त कुकुरले देखाए सैनिक कला

भक्तपुरको मध्यपुर थिमिस्थिति भैरव बहान गणमा कुकुर तिहारको दिन तालिम प्राप्त कुकुरबाट कला प्रदर्शन गरिँदै । तस्बिर ः रत्न श्रेष्ठ / रासस

0
SHARES
3
VIEWS

काठमाडौं । कुकुर तिहारको अवसरमा भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा तालिमप्राप्त कुकुरहरूले विभिन्न सैनिक कला प्रदर्शन गरेका छन्।

यमपञ्चकको दोस्रो दिन नरक चतुर्दशी तथा कुकुर तिहारका अवसरमा आयोजित कार्यक्रममा कुकुरहरूले दौड प्रतियोगितादेखि बेपत्ता व्यक्तिको खोजीसम्मका सीप प्रस्तुत गरेका थिए।

कार्यक्रममा शङ्कास्पद वस्तु पहिचान तथा निगरानी, अपराधीको गन्ध सुँघेर खोजी गर्ने, हाई जम्पलगायतका अभ्यास प्रदर्शन गरिएको थियो। सोही अवसरमा गुल्ममा रहेका सबै कुकुरको सामूहिक पूजा पनि गरिएको थियो।

कार्यक्रममा नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले कुकुरलाई इमानदार, अनुशासित र कर्तव्यनिष्ठ जनावरका रूपमा व्याख्या गरे। धार्मिक विश्वासअनुसार कुकुरलाई भगवान् भैरवको वाहनका रूपमा समेत सम्मान गरिने उनले बताए।

कुकुर तिहारका अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सर्वसाधारणले पनि कुकुरको पूजा गरेका छन्।

हिन्दू धार्मिक परम्परामा कुकुरलाई यमराजको दूतका रूपमा लिने गरिन्छ। आज्ञापालक, वफादार र सुरक्षाका दृष्टिले भरपर्दो जनावर मानिने कुकुरप्रति सम्मान प्रकट गर्न यस दिन विशेष पूजा गर्ने चलन छ।

धार्मिक मान्यताअनुसार यमलोकका द्वारपालका रूपमा रहेका श्याम र सबल नामका कुकुरलाई प्रसन्न पार्दा यमलोकको यात्रा सहज हुने विश्वास गरिन्छ। यही मान्यताअनुसार कुकुरलाई फूलमाला लगाएर मिठा परिकार खुवाउँदै पूजा गरी कुकुर तिहार मनाउने परम्परा रहिआएको छ।

नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक ओमबहादुर राना आइतबार नेपाल प्रहरी केनाईन कार्यालय महाराजगञ्ज, काठमाडौँले आयोजना गरेको कुकुर पूजा कार्यक्रममा कुकुरलाई पूजा गर्दैै।

कुकुर तिहारको अवसरमा नेपालकी प्रथम महिला सबिना काफ्लेद्वारा काठमाडौँको नारायणचौरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीको केनाइन तालिम प्राप्त कुकुर साम्बालाई सम्मान गरिँदै।
Previous Post

सेवाग्राहीलाई सहज बनाउन पर्सा जिल्ला अदालतमा संरचनागत सुधार

Next Post

म्याग्दीका घुम्ती गोठका भरपर्दा रक्षक बन्दै भोटे कुकुर

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav