तिहारका अवसरमा काठमाडौंको गौशालालगायत विभिन्न स्थानमा गाईलाई फूलमाला र टीका लगाएर पूजा गरिएको छ। पूजापछि गाईलाई विभिन्न मीठा परिकारसमेत खुवाइएको छ। घरघरमा पनि गाईलाई लक्ष्मीको स्वरूप मानेर धार्मिक विधिअनुसार आराधना गरिएको छ।
हिन्दू धार्मिक मान्यताअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने विश्वास गरिन्छ। गाईको पूजा गर्नाले घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका कारण तिहारमा गाईपूजालाई विशेष महत्त्व दिने परम्परा रहिआएको छ।
