प्रहरीका अनुसार आज बिहान करिब ५ बजे सडकमाथिबाट सुक्खा पहिरो खसेको हो। पहिरो खसेपछि राजमार्गमा सवारीसाधनको आवतजावत रोकिएको छ।
सडकमा थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। एउटै स्थानमा पटक–पटक पहिरो खस्न थालेपछि उक्त सडकखण्डमा यात्रा गर्ने यात्रु तथा सवारीचालक प्रभावित भएका छन्।
