जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार सोमबार राति करिब १० बजे बुधराममाथि उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र २७ वर्षीय भारतीय नागरिक सुनील मिश्रले रड प्रहार गरेका थिए।
टाउकोमा रड प्रहार हुँदा बुधरामको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दाहालले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतककी श्रीमती कमली भने घटनापछि फरार रहेकी छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बुधराममाथि रड प्रहार गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए।
