काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६, बुडोलमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।
बनेपाबाट धुलिखेलतर्फ गइरहेको र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस बिहीबार एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल लगिएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी राकेश थापाका अनुसार १६ जनाको शिर मेमोरियल अस्पतालमा र चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
