• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न परराष्ट्रमन्त्रीलाई एनआरएनएको ६ बुँदे ज्ञापनपत्र

दूतावास स्थापना, श्रम शोषण अन्त्य र ठगी नियन्त्रण गर्न माग, समस्या समाधानका लागि पहल गर्ने मन्त्री खनालको प्रतिबद्धता

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न परराष्ट्रमन्त्रीलाई एनआरएनएको ६ बुँदे ज्ञापनपत्र
0
SHARES
2
VIEWS

टर्की । टर्कीमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका श्रम शोषण, वैदेशिक रोजगारमा हुने ठगी, कन्सुलर सेवाको अभाव र कानुनी असुरक्षालगायत समस्या समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले नेपाली श्रमिक तथा गैरआवासीय नेपाली समुदायका विभिन्न समस्या समेटेर परराष्ट्रमन्त्री शिशिर खनाललाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्ताल्या पुगेका मन्त्री खनाललाई नोभेम्बर ११ मा ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष डा. विनोद पौडेल, उपाध्यक्षद्वय मन्दिरा खत्री र डोरबहादुर खड्कालगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

संघले टर्कीमा नेपाली आवासीय दूतावास स्थापना गर्नुपर्ने मागलाई प्रमुख रूपमा उठाएको छ । दूतावास नहुँदा नेपाली नागरिकले राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा आकस्मिक कन्सुलर सेवा लिन कठिनाइ भोग्नुपरेको भन्दै तत्काल नियमित घुम्ती कन्सुलर सेवा सञ्चालन गर्न आग्रह गरिएको छ ।

त्यसैगरी, व्यक्तिगत श्रम स्वीकृतिका नाममा बिचौलिया र दलालबाट नेपाली नागरिक ठगिने क्रम बढेको भन्दै टर्कीका लागि व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संस्थागत प्रक्रियाबाट मात्रै श्रमिक पठाउने व्यवस्था गर्न माग गरिएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण कानुनी जिम्मेवारी बहन गराउन तथा ठगीमा संलग्न कम्पनी र एजेन्टमाथि कडा कारबाही गर्न पनि संघले आग्रह गरेको छ ।

टर्कीमा कार्यरत नेपाली श्रमिकले सम्झौताअनुसार दैनिक आठ घण्टा काम गर्ने सहमति भए पनि व्यवहारमा १२ देखि १३ घण्टासम्म श्रम गर्नुपरेको संघको भनाइ छ । त्यस्तै, समयमा पारिश्रमिक नपाउने र उचित कारणबिना रोजगारीबाट हटाइने समस्या पनि रहेको जनाइएको छ । श्रमिकको कार्यसमय, सेवा–सुविधा र पारिश्रमिक सुनिश्चित गर्दै शोषणमा परेकालाई कानुनी सहायता उपलब्ध गराउन संघले सरकारसँग माग गरेको छ ।

घरेलु कामदार तथा स्याहारकर्ताका रूपमा कार्यरत नेपाली महिला श्रमिकको सुरक्षा र अधिकारको विषयलाई पनि ज्ञापनपत्रमा समेटिएको छ । निश्चित कार्यसमय र पारिश्रमिकको व्यवस्था नहुँदा महिला श्रमिक शारीरिक तथा मानसिक तनावमा पर्ने गरेको भन्दै सुरक्षित कार्यस्थल र निष्पक्ष कानुनी सुनुवाइका लागि टर्की सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरिएको छ ।

यसैगरी, नेपाल–टर्कीबीचको कार्गो तथा कुरियर शुल्क घटाउन, समस्यामा परेका नेपाली श्रमिकको उद्धार गर्न र बाँकी पारिश्रमिक असुलीका लागि आवश्यक कानुनी सहयोग उपलब्ध गराउन स्थायी सरकारी संयन्त्र बनाउनुपर्ने माग गरिएको छ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको शव स्वदेश पठाउने तथा गम्भीर बिरामी र दुर्घटनामा परेका श्रमिकको उपचार र क्षतिपूर्तिका लागि आपत्कालीन कल्याणकारी कोष स्थापना गर्न पनि संघले प्रस्ताव गरेको छ ।

एनआरएनए टर्कीका महासचिव श्याम पाण्डेले हस्तान्तरण गरेको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री खनालले विदेशमा समस्यामा परेका नेपालीको उद्धार र मानवीय सहयोगमा संघले गर्दै आएको भूमिकाको प्रशंसा गरे ।

टर्कीमा आवासीय नेपाली दूतावास नहुँदा कन्सुलर सेवा लिन कठिनाइ भइरहेको विषयमा सरकार जानकार रहेको बताउँदै मन्त्री खनालले तत्कालका लागि अवैतनिक कन्सुलमार्फत सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उक्त प्रक्रिया सरकारको स्वीकृतिको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले टर्कीमा आवासीय दूतावास स्थापना गर्ने सम्भावनाबारे पनि आवश्यक अध्ययन गरिने बताए ।

अवैधानिक माध्यमबाट तथा मौसमी कामदारका रूपमा ठूलो रकम खर्चेर टर्की पुग्ने नेपाली श्रमिकले अपेक्षाअनुसार रोजगारी नपाई अलपत्र पर्ने समस्या सरकारको जानकारीमा रहेको मन्त्री खनालले बताए ।

एनआरएनए टर्कीले उठाएका समस्या सम्बोधन गर्न नेपाल र टर्कीबीच द्विपक्षीय श्रम सम्झौता वा अन्य आवश्यक प्रक्रियामार्फत वैधानिक माध्यमबाट मात्रै श्रमिक पठाउने वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

टर्कीमा नेपालीको सङ्ख्या बढ्दै जाँदा श्रमिकका समस्या पनि थपिँदै गएको भन्दै एनआरएनए टर्कीले प्रभावकारी कूटनीतिक संरक्षण, सुरक्षित वैदेशिक रोजगारी र उद्धार संयन्त्रको आवश्यकता औँल्याएको छ ।

विदेशमा श्रम गरेर नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका नेपाली नागरिकको सुरक्षा, सम्मान र अधिकार संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने संघको जोड छ । ज्ञापनपत्रमा उठाइएका माग कार्यान्वयनका लागि समेत संघले सरकारसँग आग्रह गरेको छ ।

 

Previous Post

१५ वर्षदेखि अलपत्र कमला पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा आउने

Next Post

तिहारपछि सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ११ हजार ३०० रुपैयाँले सस्तियो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav