पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका–६, लेप्चुङ निवासी २५ वर्षीय अनिलकुमार थापा रहेका छन्।
प्रहरीका अनुसार गत कात्तिक २३ गते राति करिब साढे ८ बजे भीमेश्वर नगरपालिका–४, अख्रेनीटोल डाँडागाउँस्थित डम्बर चौलागाईंको घरमा भरत साहले सञ्चालन गर्दै आएको मोटरसाइकल वर्कसपमा चोरी भएको थियो।
लक्ष्मीपूजा गरेपछि वर्कसपको ढोका खुलै छाडेर सञ्चालक साह चरिकोट बजारतर्फ गएको मौका छोपेर थापाले पसलभित्र रहेका एक थान रेडमी मोबाइल र मोनिटरसमेत भएको कम्प्युटर सेट चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे कात्तिक २५ गते प्रहरी चौकी सातदोबाटोमा निवेदन परेपछि जिल्ला प्रहरी कार्यालय दोलखाबाट पाँच सदस्यीय प्रहरी टोली अनुसन्धानमा खटिएको थियो।
अनुसन्धानका क्रममा शंकास्पद अवस्थामा भेटिएका थापालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले चोरी गरेका सामान वर्कसपबाट करिब ३०० मिटर तल रहेको झाडीमा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले चोरी भएका सबै सामान बरामद गर्नुका साथै कात्तिक २५ गते साँझ ५ बजे थापालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक किरण लोप्चनका अनुसार पक्राउ परेका थापामाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।
