🕯️ भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक समवेदना 🕯️
मकवानपुरको भीमफेदीमा भएको दुःखद ईभी दुर्घटनामा अमूल्य जीवन गुमाउनुहुने सम्पूर्णप्रति Dream News Network परिवार गहिरो दुःख व्यक्त गर्दछ।
यस अकल्पनीय दुर्घटनामा ज्यान गुमाउनुहुने गुड्डु यादव, गायत्री देवी यादव, विकेश यादव, सुधेश यादव, पुनम यादव, अनु कुमारी यादव, दीक्षा यादव, दीपिका यादव, राकेश यादव, रोहन यादव, सुवोध यादव, रामदुलार यादव, रामप्रसाद राय यादव (छोटु राय) तथा चालक रविशङ्कर कुमार मण्डलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
यस दुःखद घडीमा शोकमा डुबेका सम्पूर्ण परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। साथै, घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
दिवंगत आत्माहरूले चिरशान्ति प्राप्त गरून्। 🕯️
