• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

काठमाडौंमा छठको रौनक बढ्दै, गुह्येश्वरी क्षेत्रमा बनाइएका ६०० घाट सबै बुक

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
काठमाडौंमा छठको रौनक बढ्दै, गुह्येश्वरी क्षेत्रमा बनाइएका ६०० घाट सबै बुक
0
SHARES
1
VIEWS

काठमाडौं । राजधानी काठमाडौंमा छठ पर्व मनाउनेहरूको सङ्ख्या वर्षेनी बढ्दै गएको छ। सूर्यदेवको उपासना र नदीप्रतिको श्रद्धासँग जोडिएको यस पर्वका लागि काठमाडौंका विभिन्न नदी तथा पोखरी किनारमा छठ घाट निर्माण भइरहेका छन्। यस वर्ष गौरीघाटदेखि गुह्येश्वरीसम्मको वाग्मती नदी किनारमा मात्रै ६०० वटा छठ घाट तयार पारिएको छ।

छठ पूजा समिति गुह्येश्वरीका अनुसार राजधानीमा प्रत्येक वर्ष छठ मनाउने भक्तजनको सङ्ख्या बढिरहेको छ। समितिका अध्यक्ष अनिल सिंहले गत वर्ष ५५० वटा घाट निर्माण गरिएकोमा यस वर्ष संख्या बढाएर ६०० पुर्‍याइएको जानकारी दिए। उनका अनुसार निर्माण गरिएका सबै घाट भाइटीकाअघि नै बुक भइसकेका छन्।

घाटको माग अझै बढिरहेको छ। दैनिक रूपमा फोनमार्फत तथा समितिको कार्यालयमै पुगेर भक्तजनहरूले घाटका लागि सम्पर्क गरिरहेका छन्।

यस वर्ष गौरीघाटदेखि गुह्येश्वरीस्थित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयअघिसम्म नदी किनारमा घाट निर्माण गरिएको छ। गत वर्ष गुह्येश्वरी मन्दिरअघिसम्म मात्र घाट बनाइएको थियो। माग बढेपछि यस पटक करिब ५० वटा थप घाट निर्माण गरिएको समितिले जनाएको छ। थपिएका घाटसमेत बुक भइसकेका छन्।

दुई दशकअघिसम्म काठमाडौंमा मुख्यतः मधेसी समुदायले छठ पर्व मनाउने गरेका थिए। पछिल्लो समय अन्य समुदायको सहभागिता पनि उल्लेख्य रूपमा बढेको छ। समितिले राखेको अभिलेखअनुसार अहिले छठ मनाउनेमध्ये करिब २१ प्रतिशत मधेसी समुदायबाहिरका व्यक्ति रहेका छन्।

आजदेखि छठ व्रत सुरु

चार दिनसम्म मनाइने छठ पर्वको विधि कार्तिक शुक्ल चतुर्थीबाट सुरु हुन्छ। पहिलो दिन स्नान गरी शुद्ध भोजन गर्ने परम्परा छ। यस दिनको विधिलाई अरबा वा अरबाइन भनिन्छ। व्रत अवधिभर भक्तजनले माछा, मासु, लसुन, कोदो, फापर र मुसुरोजस्ता खाद्य पदार्थ सेवन गर्दैनन्।

कार्तिक शुक्ल पञ्चमीका दिन व्रतालु निर्जल उपवास बस्छन्। साँझ घरमै खीर पकाएर चन्द्रमालाई अर्पण गरेपछि प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। यस विधिलाई खरना भनिन्छ।

छठको मुख्य पूजा षष्ठीका दिन गरिन्छ। यस दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाई तथा विभिन्न परिकार तयार पारेर सूर्यदेव र छठी मातालाई अर्पण गर्छन्। बाँसका टोकरीमा प्रसाद, नरिवल र फलफूल सजाएर कपडाले छोप्ने परम्परा छ।

साँझपख पूजाका सामग्रीसहित बत्ती बालेर गीत गाउँदै नदी तथा पोखरीका किनारमा पुगिन्छ। त्यहाँ अस्ताउँदै गरेको सूर्यलाई जल अर्पण गरी पूजा गरिन्छ। यस विधिलाई साँझको अर्घ्य भनिन्छ।

पर्वको अन्तिम दिन अर्थात् सप्तमीका दिन बिहानैदेखि भक्तजन उदाउँदो सूर्यको प्रतीक्षामा घाटमा पुग्छन्। बिहान करिब ४ बजेदेखि नै पूजाको तयारी गरिन्छ। सूर्योदय भएपछि गाईको दूध, फूल र जल चढाएर सूर्यदेवलाई अर्घ्य दिइन्छ। बिहान गरिने यस पूजालाई भिन्सरघाट भनिन्छ। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सम्पन्न हुन्छ।

छठको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे जानकारी दिँदै रिता यादवले जल र सूर्यलाई पृथ्वीमा रहेका जीवहरूको जीवन, सञ्चालन र संरक्षणको आधार मानिने भएकाले विशेष श्रद्धाका साथ पूजा गर्ने परम्परा रहेको बताइन्। व्रतालुहरू कम्मरसम्म पानीमा डुबेर सूर्यको दर्शन गर्ने धार्मिक विधि पनि पालना गर्छन्।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार कार्तिक शुक्ल पक्षमा सूर्यको उपासना गर्दा मनोकामना पूरा हुने र इच्छित फल प्राप्त हुने धार्मिक विश्वास शास्त्रमा उल्लेख छ।

सन्तान प्राप्तिको कामनाले व्रत बस्नेको सङ्ख्या बढ्दै

छठ पर्वमा व्रत बस्नुका पछाडि विभिन्न धार्मिक तथा व्यक्तिगत आस्था जोडिएका छन्। विवाहित महिला तथा पुरुषले पति–पत्नीको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन्। अविवाहितले योग्य जीवनसाथी प्राप्तिको कामना गर्छन् भने धेरैले सन्तान प्राप्तिका लागि पनि छठको उपासना गर्ने गरेका छन्।

छठ पूजा समिति गुह्येश्वरीका उपाध्यक्ष राजकुमार पोद्दारका अनुसार सन्तान प्राप्तिको कामना गर्दै व्रत बस्नेहरूको सङ्ख्या बढिरहेको छ। त्यसपछि छालासम्बन्धी रोगबाट मुक्ति पाउने विश्वासका साथ व्रत बस्नेहरू उल्लेख्य छन्। अन्य मनोकामना पूरा हुने विश्वासले पनि भक्तजनले छठ मनाउने गरेका छन्।

विशेष कुरा के छ भने छठ पर्वमा हिन्दू समुदायसँगै मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको छ। कमलपोखरी र गुह्येश्वरीलगायतका स्थानमा विभिन्न धर्म मान्ने व्यक्तिहरू सूर्यदेवको पूजा तथा आराधनाका लागि पुग्ने गरेका छन्। यसले छठलाई धार्मिक सद्भाव र सामाजिक एकताको पर्वका रूपमा समेत स्थापित गरेको छ।

हाल राजधानीका गुह्येश्वरी, कमलपोखरी, टेकु, वंशीघाट र बल्खुलगायत वाग्मती तथा विष्णुमती नदी किनारमा छठ घाट निर्माण गरी सजाउने काम भइरहेको छ।

काठमाडौंका विभिन्न स्थानमा विशेष तयारी

गुह्येश्वरी क्षेत्रमा घाट निर्माणसँगै वाग्मती नदीको सरसफाइसमेत गरिएको छ। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले डोजर प्रयोग गरी नदी क्षेत्र सफा गर्नुका साथै बालुवा र माटो सम्याउने काम सम्पन्न गरेको छ।

त्यस्तै, कमलपोखरीमा पनि छठ पूजाका लागि घाट निर्माण भइरहेको कमलपोखरी छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिएका छन्।

दुवै स्थानमा कात्तिक २९ गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भई विशेष पूजा तथा छठ पर्वको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजामा सहभागी हुने जनाइएको छ।

यस वर्ष कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई र कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रम रहेको छ। बिहानको अर्घ्यसँगै चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।


Previous Post

नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारी खुल्यो, मंसिर १७ सम्म आवेदन दिन सकिने

Next Post

ब्रह्माण्डको विशाल नक्सा तयार पार्दै युक्लिड, ९० करोड ग्यालेक्सी र १५ हजार गुरुत्वीय लेन्सिङको पहिचान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav