प्रहरीका अनुसार रंगेली नगरपालिका–८ स्थित निचामारी मुसरी टोलमा झबु रिसिदेबको घरमा आगलागी भएको हो। उक्त आगलागीबाट घरमा रहेका करिब ५ लाख रुपैयाँ बराबरका सामान जलेर नष्ट भएका छन्।
त्यसैगरी सुनवर्षी नगरपालिका–६ स्थित पटिया पाडामा सुरेश मगरातीको भान्सा घरमा पनि बिहीबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
दुवै घटनामा गरी करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
