• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य
0
SHARES
4
VIEWS

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो। टोलीका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ६० रन जोडे। त्यस्तै थरिन्दु रत्नायकेले अविजित २६ तथा आरिफ शेखले १६ रन बनाए।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। टोलीले केवल ८ रन जोड्दा चार महत्वपूर्ण विकेट गुमाइसकेको थियो। यस्तो कठिन अवस्थामा दोस्रो ओभरदेखि क्रिजमा रहेका दीपेन्द्रले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हाले।

उनले ५५ बलको सामना गर्दै पाँच चौका र दुई छक्कासहित ६० रन बनाए। दीपेन्द्र अन्तिम ओभरमा आउट भए। जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए। एनपीएलमा दुई अर्धशतक पूरा गर्ने उनी दोस्रो खेलाडी बनेका छन्। यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक बनाइसकेका छन्।

दीपेन्द्रले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको साझेदारी गर्दै टोलीलाई संकटबाट बाहिर निकाल्ने प्रयास गरे। आरिफले २५ बलमा एक चौकासहित १६ रन बनाए।

त्यसपछि दीपेन्द्र र थरिन्दु रत्नायकेले छैटौँ विकेटका लागि थप ५४ रन जोड्दै सुदूरपश्चिमको स्कोर १२५ रनसम्म पुर्‍याए। थरिन्दुले २३ बलमा तीन चौकाको सहयोगमा अविजित २६ रन बनाए।

काठमान्डु गोर्खाजका बलरमध्ये जहानदाद खान सबैभन्दा सफल रहे। उनले चार ओभरमा एक मेडन राख्दै २२ रन खर्चेर तीन विकेट लिए। सन्तोष यादवले तीन ओभरमा १६ रन दिँदै दुई विकेट हात पारे।

सन्तोषले दोस्रो ओभरमै ब्रान्डन म्याकुमुलेन र इशान पाण्डेलाई शून्य रनमा आउट गर्दै सुदूरपश्चिमलाई सुरुमै दबाबमा पारेका थिए।


Previous Post

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि पर्यटन व्यवसाय संकटमा, होटलको आम्दानी ठप्प

Next Post

कफीलाई टक्कर दिँदै माचा ट्रेन्ड : के साँच्चै स्वास्थ्यका लागि फाइदाजनक छ यो हरियो पेय

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav