काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलबीच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीच पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।
भेटका क्रममा दुवै देशबीच पूर्वाधार निर्माण, यातायात सञ्जालको विस्तार तथा संयुक्त विकास आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउने सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।
दुवै पक्षले नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई अझ मजबुत बनाउँदै आपसी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
