• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अबुधाबीमा आजदेखि ‘नेसनल टोलरेन्स फेस्टिभल २०२६’, नेपाली कला र संस्कृति मुख्य आकर्षण

पर्यटन प्रवर्द्धनका लागि नेपालको विशेष स्टल, नोभेम्बर १५ मा नेपाली सांस्कृतिक प्रस्तुति हुने

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
अबुधाबीमा आजदेखि ‘नेसनल टोलरेन्स फेस्टिभल २०२६’, नेपाली कला र संस्कृति मुख्य आकर्षण
0
SHARES
4
VIEWS

अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा आजदेखि ‘नेसनल टोलरेन्स फेस्टिभल २०२६’ सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महोत्सवमा नेपालले पर्यटन प्रवर्द्धन र सांस्कृतिक कार्यक्रममार्फत सहभागिता जनाउने भएको छ।

अन्तर्राष्ट्रिय सहिष्णुता दिवसको अवसरमा नोभेम्बर १३ देखि १५ सम्म अबुधाबीस्थित उम्म अल इमारात पार्कमा महोत्सव आयोजना हुन लागेको हो। ‘ग्रोइङ इन युनिटी’ अर्थात् ‘एकतामा समृद्धि’ भन्ने नारासहित आयोजना हुने कार्यक्रम यूएईका सहिष्णुता तथा सहअस्तित्वमन्त्री शेख नहयान बिन मुबारक अल नहयानको संरक्षणमा त्यहाँको सहिष्णुता तथा सहअस्तित्व मन्त्रालयले सञ्चालन गर्न लागेको हो।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार महोत्सवमा नेपालको पर्यटन प्रवर्द्धनका लागि विशेष स्टल राखिनेछ। स्टलमा नेपालको प्राकृतिक सौन्दर्य, पर्यटन गन्तव्य, कला, संस्कृति र मौलिक पहिचान झल्काउने सामग्री प्रदर्शनीमा राखिनेछ।

नेपाली पर्यटन स्टल महोत्सवका तीनै दिन साँझ ४ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ। त्यसैगरी, नोभेम्बर १५ तारिख राति ९ः४५ बजे नेपालको सांस्कृतिक प्रस्तुति आयोजना हुने दूतावासले जनाएको छ।

तीनदिने महोत्सवमा विभिन्न देशका सांस्कृतिक कार्यक्रम, ‘ग्लोबल हेरिटेज शोकेस’, कला प्रदर्शनी तथा अन्तर्राष्ट्रिय संगीत र मनोरञ्जनसम्बन्धी गतिविधि पनि समावेश गरिएका छन्।

नेपाली दूतावासले यूएईमा रहेका नेपाली समुदायलाई महोत्सवमा सहभागी भई नेपालको पर्यटन, कला र संस्कृतिको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेको छ।

महोत्सवमा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय समुदायमाझ नेपाली सांस्कृतिक पहिचान प्रवर्द्धन गर्न तथा पर्यटन क्षेत्रको प्रचारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, विभिन्न देश र समुदायबीच आपसी सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको सन्देश फैलाउन पनि कार्यक्रमले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नेपालले गत वर्ष पनि यस महोत्सवमा सहभागिता जनाएको थियो।

Previous Post

प्रहरीमा एआईजीको एउटा पद रिक्त, डीआईजीका दुई दरबन्दी खाली हुँदै

Next Post

पूर्वाधारमन्त्री लम्साल र भारतीय राजदूत दलेलबीच भेटवार्ता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav