• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश कर्णाली प्रदेश

रसुवा बाढीमा कर्णालीका २ जनाको मृत्यु पुष्टि, १६८ अझै बेपत्ता

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भाद्र २०८३, आईतवार
A A
तिब्बतमा राहत तथा उद्धार अभियान तत्कालका लागि रोकियो, फेरि बाढी आउने आशंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । रसुवाको कोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी कर्णाली प्रदेशका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अझै १६८ जना सम्पर्कविहीन रहेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार बाढीमा परी मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–१०, पिपलनेटाका २० वर्षीय आयुष खड्का र हुम्लाको ताँजाकोट गाउँपालिका–२ का ३५ वर्षीय नहकुल शर्मा रहेका छन्।

भदौ १४ गते चितवनको देवघाटमा फेला परेको खड्काको शव भदौ १५ गते सनाखत भएको थियो। टिमुरेको प्लान्ट क्वारेन्टाइनमा खरिदारका रूपमा कार्यरत उनको देवघाटमै दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, रसुवा भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत हुम्लाका शर्माको शव भदौ १५ गते गोरखामा फेला परेको थियो। भदौ १६ गते उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको एसएसपी राठौरले बताए।

बाढीपछि आफ्ना आफन्तको अवस्था पत्ता नलाग्दा केही परिवारले कुशको शव बनाएर अन्तिम संस्कारसमेत गर्न थालेका छन्। शनिबार सल्यानमा प्रमिला बुढाथोकीको परिवारले पनि कुशको शव बनाएर दाहसंस्कार गरेको जनाइएको छ।

१६८ जनाको अवस्था अझै अज्ञात

बाढीपछि सुरुमा कर्णाली प्रदेशका २४८ जना नागरिक सम्पर्कविहीन भएका थिए। पछिल्लो विवरणअनुसार ७८ जना सम्पर्कमा आएका छन् भने १६८ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए।

बेपत्तामध्ये १३४ पुरुष, २६ महिला र ८ जना बालबालिका छन्। सबैभन्दा धेरै जुम्लाका ६३ जना अझै सम्पर्कबाहिर छन्। त्यसमध्ये ६१ पुरुष, एक महिला र एक बालक छन्।

सल्यानका ३७ पुरुष, ११ महिला र तीन बालबालिका तथा सुर्खेतका १४ पुरुष र एक महिलाको अवस्था पनि अज्ञात छ। मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालिकोट, डोल्पा र हुम्लाका नागरिकसमेत अझै सम्पर्कमा आउन सकेका छैनन्।

कर्णालीका अधिकांश नागरिक रोजगारीका लागि रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका थिए। उनीहरूमध्ये केही जलविद्युत् आयोजनामा कार्यरत थिए।

त्रिशूली–३ ए मा इन्जिनियरका रूपमा कार्यरत जाजरकोटको शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीका छोरा महेन्द्र शाहीसमेत अझै सम्पर्कविहीन छन्।

यस्तै, पश्चिम सुर्खेतका नेपाली सेनामा कार्यरत केही सैनिकको अवस्थासमेत अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

Previous Post

शेखर–गगन भेटवार्ता : कांग्रेस एकताबारे छलफल

Next Post

विपद् व्यवस्थापन र पुनःस्थापनामा सरकार गम्भीर बनोस्ः सांसद आचार्य

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In