काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताउनुभएको छ।
जेन–जी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले शहीदको बलिदानबाट देशमा नयाँ सुशासनको आधार तयार भएको दाबी गर्नुभयो।
सांसद सुनारले पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भए पनि भ्रष्टाचार प्रमाणित भए कारबाही गरिने बताउनुभयो। ‘१ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए प्रत्येकको कठालो समातेर कारबाही हुनेछ,’ उहाँले भन्नुभयो।
उहाँले शहीद परिवार, घाइते तथा जेन–जी आन्दोलनका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको दाबी गर्दै आन्दोलनमा सहभागीहरूलाई निराश नहुन आग्रह गर्नुभयो।
सुनारले आफूहरू राजनीतिक रूपमा नयाँ भए पनि ‘कुहिएका नभएको’ भन्दै सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा अघि बढ्ने बताउनुभयो।
