• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रमः हिमताल तथा हिमनदी विज्ञ कायस्थ

रिजन ढकाल by रिजन ढकाल
२३ भाद्र २०८३, मंगलवार
A A
रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रमः हिमताल तथा हिमनदी विज्ञ कायस्थ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘बढ्दो तापक्रमले हिमनदी सुक्दै, हिमताल फैलिँदै’

हिमताल तथा हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रम भएको बताएका छन्।

राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दिगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा तापक्रम बढ्ने दर अन्य क्षेत्रको तुलनामा उच्च रहेको अध्ययनले देखाएको बताएका छन्।

अध्ययनअनुसार हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदीहरू सानो हुँदै गएका छन् भने हिमतालको आकार बढिरहेको उनले बताएका छन्। उनले नेपालको अन्य क्षेत्रको तुलनामा मनाङ जिल्लामा तापक्रम बढ्ने दर अझै उच्च रहेको बताएका छन्। यसले भविष्यमा हिमताल फुटेर बाढी आउने जोखिम बढ्दै गएको उनको भनाइ छ।

कायस्थले सन् १९७८ देखि विश्वव्यापी तापक्रम निरन्तर बढिरहेको र यही कारण जलवायु परिवर्तनजन्य घटना बढ्दै गएको उल्लेख गरेका छन्। जल तथा मौसम विज्ञान विभागले सन् १९७१ देखि २०१४ सम्म ९३ वटा स्टेशनबाट संकलित तथ्यांक विश्लेषण गरी सन् २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा अधिकतम तापक्रम प्रतिवर्ष ० दशमलव ०५६ डिग्री सेल्सियसका दरले बढिरहेको देखाएको उनले बताएका छन्।

उनले विश्व बैंक समूहको अध्ययनले सन् २००० देखि २०१७ सम्मको अवधिमा नेपालमा तापक्रम उल्लेख्य रूपमा बढेको देखाएको बताएका छन्। उनले हिमनदी, समुद्री बरफ, तालको बरफ र हिउँलाई क्रायोस्फेयरका प्रमुख तत्वका रूपमा व्याख्या गर्दै हिमनदी हिउँ पुनःक्रिस्टलीकरणबाट बनेको गतिशील बरफको पिण्ड भएको बताएका छन्।

उनले हिमताल फुट्दा पानी मात्र नभई पानीसँगै ढुंगा, माटो र अन्य पदार्थ बगाएर ल्याउने भएकाले त्यसले तल्लो क्षेत्रमा ठूलो क्षति गरिरहेको बताएका छन्।

उनले भनेका छन्, ‘अहिले हामीले जुन जलवायु परिवर्तन भन्छौँ त्यसमा तापक्रम र आद्रतालाई प्यारामीटरको रुपमा लिएको छ । यो वार्मिङ पिरियड १९८० देखि नियमित रुपमा भइरहेको छ । सन् १९७८ देखि नै निरन्तर रुपमा ग्लोबल टेम्परेचर बढिराखेको अवस्था छ । यही कारण जलवायु परिवर्तनको कारण भइरहेका घटनाहरु हामीले भोगिराखेका छौँ । नेपालको चाँही १९७१ देखि २०१४ सम्मको ९३ वटा स्टेसनको डाटा एनालाइसिस गरेर डिपार्टमेन्ट अफ हाइड्रोलोजी एण्ड मिटिओरोलोजीले २०१७ मा निकालेको रिपोर्टअनुसार हाम्रो म्याक्सिमम टेम्परेचर ० दशमलव ०५६ डिग्री प्रतिवर्ष रहेको देखिरहेको छ । र न्युनतम तापक्रम ० दशमलव ००२ प्रतिशतले बढिराखेको अवस्था छ । यो समग्र देशको अवस्था भयो । जिल्लास्तरमा हेर्ने हो भने सबैभन्दा धेरै मनाङ जिल्लामा बढिराखेको देखिएको छ । हिमाली क्षेत्रमा तापक्रम बढ्ने दर बढी छ । त्यसकारण हाम्रो हिमनदिहरु सानो भएको र हिमतालहरु ठूलो भएको अवस्था हो । वल्र्ड बैंक गु्रपको हो । २००० देखि २०१७ अर्थात रिसेन्ट पास्टमा नेपालमा टेम्परेचर धेरै बढेको छ । गत वर्ष पनि बढेको छ भने यो वर्ष पनि बढेको देखिन्छ । त्यस्तै फोरकास्ट पनि थियो । हामी चिसो पदार्थलाई क्रायोस्फेयर भन्छौँ । ग्लेसियर्स, सी आइस, लेक आइस, स्नो क्रायोस्फेयरको तत्व हुन् । अनि ग्लेसियर भनेको ‘फ्लोइङ बडी अफ अ मुभिङ बडी अफ स्नो एण्ड आइस द्याट ह्याज बिन फर्मड बाइ रिक्रिस्टलाइजेसन अफ स्नो’ भन्छौँ । यहीबाट ग्लेसियर बन्ने हो । ग्लेसियरको तल्लो भागलाई एब्लेसन एरिया भन्छ, एक्युमुलेसन एरिया भन्छ । यहाँ हिउँ जम्मा हुन्छ र वर्षैपिच्छे आइसमा परिणत हुन्छ । पहिला स्नोको डेन्सिटी ५० देखि ८० किलोग्राम परमिटर क्युब हुन्छ । त्यो बढ्दै गएपछि हामी आइस भन्ने हो । हामीले बनाउने फ्रिजमा बनाउने आइस पानीबाट बन्ने हो । फ्रिजमा बन्ने आइसको डेन्सिटी बढी नै हुन्छ । ग्लेसियरले बनाएको ताललाई हामी हिमताल भनेर भन्छौँ । नेपालमा हिमतालको संख्या धेरै नै छ । ताल फुटेपछि उसले ढुंगा, माटो पनि सोहोरेर ल्याउने कुरालाई हामी मोरेन भन्छौँ । रोल्पाको र दोलखाको हिमतालहरु भयो । यस्ता १ हजारभन्दा माथिको क्षेत्रमा भेटिने आइल्याण्डहरु अरु पनि छन् । ग्लेसियरले तल्लो तहसम्म पुग्दा उसले माटो र ढुंगा समेत लिएर आउँदा त्यसलाई मारेन भनिन्छ । त्यो फुट्यो भने बाढी उत्पन्न हुन्छ । हामीकहाँ यस्ता तालहरु धेरै छन् । तर यो प्रक्रिया एकैचोटि नभई पाँच–छ वर्षजति लाग्छ।’

उनले हिमपहिरो तथा हिमताल फुट्ने घटना एकैचोटि नभई ५–६ वर्ष लाग्ने भन्दै जोखिमयुक्त हिमतालहरूको निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

Previous Post

‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौँः गृहमन्त्री गुरुङ

Next Post

जलवायु परिवर्तनबारे अनुसन्धान तथा तथ्यांक संकलनका लागि सरकारले विश्वविद्यालयहरुलाई आर्थिक सहयोग गर्नुपर्छः सांसद रेग्मी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In