• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ब्याज मिनाहा गरी ऋण नविकरण गरिदिन बाढी पीडित उद्योगी–व्यवसायीको माग

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भदौ, २०८३
A A
ब्याज मिनाहा गरी ऋण नविकरण गरिदिन बाढी पीडित उद्योगी–व्यवसायीको माग
0
SHARES
0
VIEWS

नुवाकोट । भोटेकोशी–त्रिशूली करिडोरमा गत भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटको उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रमा ठूलो भौतिक र आर्थिक क्षति पुर्‍याएको छ।

बाढीका कारण जिल्लाका साना तथा ठूला गरी करिब एक हजार आठ सयभन्दा बढी उद्योग तथा व्यवसाय प्रभावित तथा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ। बाढीपीडित व्यवसायीहरूले तत्काल राहत र पुनरुत्थानका विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसँग भएको छलफलमा प्रभावित व्यवसायीहरूले पुनः व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण तत्काल निर्माण गर्न आग्रह गरेका हुन्।

व्यवसायीहरूले अधिकांश उद्योग तथा व्यवसाय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालन गरिएको र बाढीले सबै संरचना तथा सम्पत्ति नष्ट गरेपछि ऋणको भार थपिएको बताएका छन्। उनीहरूले ऋणको ब्याज मिनाहा, ऋण पुनःतालिकीकरण वा नवीकरण तथा बीमा दाबी रकम सहज र शीघ्र भुक्तानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

एक बाढीपीडित व्यवसायीले बाढीका कारण नुवाकोटका करिब एक हजार आठ सय उद्योग तथा व्यवसायमा क्षति पुगेको बताउँदै केही उद्योगी पूर्ण रूपमा शून्यको अवस्थामा पुगेको गुनासो गर्नुभयो।

उहाँका अनुसार बाढीले क्रसर उद्योग, टिप्पर तथा खोलाछेउमा रहेका विभिन्न व्यवसाय बगाएको छ। अधिकांश व्यवसाय बैंकको ऋण लिएर सञ्चालन गरिएकाले ऋणको ब्याज मिनाहा वा सहुलियत आवश्यक रहेको उहाँले बताउनुभयो।

बीमा गरेका व्यवसायीका कागजातसमेत बाढीमा नष्ट भएकाले बीमा दाबी प्रक्रियालाई सरल बनाएर रकम भुक्तानी गरिदिनुपर्ने उहाँको माग थियो। उहाँले प्रभावित उद्योगी तथा व्यवसायीको आवाज सरकारसम्म पुर्‍याउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गरिदिन आग्रह गर्नुभयो।

अर्का व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि पुनःतालिकीकरण वा नवीकरण गरिनुपर्ने बताउनुभयो। साथै, बीमा दाबीको रकम झन्झटरहित रूपमा तत्काल उपलब्ध गराउन पहल गर्न उहाँले आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “यो संकटको समयमा सरकार र बैंकहरूले सहयोग गरे हामी फेरि उठ्न सक्छौँ।”

बाढीका कारण आफ्नो सम्पूर्ण व्यवसाय गुमाएका अर्का व्यवसायीले विदेशमा लामो समय दुःख गरेर कमाएको रकम स्वदेशमै व्यवसाय सञ्चालन गर्न लगानी गरेको भए पनि अहिले व्यवसाय गर्ने आधारसमेत नरहेको बताउनुभयो।

उहाँले तत्काल पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्ने र दीर्घकालीन रूपमा बाढीपीडित व्यवसायीका लागि स्पष्ट नीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

“विदेशमा दुःख गरेर कमाएको पैसाले स्वदेशमै केही गरौँ भनेर व्यवसाय सुरु गरेको थिएँ। व्यवसाय विस्तारै उठ्दै थियो, तर यही बेला बाढी आयो। अहिले हामीसँग व्यवसाय सञ्चालन गर्ने आधारसमेत छैन। तत्काल राज्यको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले बाढीबाट प्रभावित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

उहाँले राजनीतिक दल, सरकार र निजी क्षेत्र सबै मिलेर बाढी प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो।

ढकालले प्रभावित उद्योगी तथा व्यवसायी पुनरुत्थानका लागि नेपाल उद्योग वाणिज्य महासंघ सधैँ साथमा रहेको बताउँदै बैंक ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “तपाईंहरू एक्लै हुनुहुन्न। यो संकटको समयमा हामी तपाईंहरूको साथमा छौँ। पहिले प्रभावित नागरिकको गाँस, बास र कपडाजस्ता आधारभूत आवश्यकता पूरा गर्नुपर्छ। त्यसपछि उद्योग तथा व्यवसाय पुनः सञ्चालनका लागि बैंक ऋण र बीमासम्बन्धी समस्या समाधान गर्न पहल गर्छौँ।”

ढकालले निजी क्षेत्रका व्यवसायीले जस्तोसुकै संकटबाट पनि पुनः उठ्न सक्ने विश्वास व्यक्त गर्दै आवश्यक सहयोगका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो।

उहाँले ग्लोबल आइएमई बैंकको तर्फबाट गर्न सकिने सहयोगका विषयमा आवश्यक निर्णय गरिने तथा अन्य बैंकिङ र बीमा क्षेत्रसँग समेत समन्वय गरी प्रभावित व्यवसायीलाई राहत र पुनरुत्थानको वातावरण बनाउन पहल गर्ने विश्वास दिलाउनुभयो।

Previous Post

भदौ २४ लाई सम्झँदै दाहालले भने– एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण मलाई थाहा छैन

Next Post

कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav