• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

नेपालमा पहिलोपटक केएमसीमा जटिल मस्तिष्क रक्तनली चिरफार नगरि खोलियो

रिजन ढकाल by रिजन ढकाल
२५ भाद्र २०८३, बिहीबार
A A
नेपालमा पहिलोपटक केएमसीमा जटिल मस्तिष्क रक्तनली चिरफार नगरि खोलियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार खोलिएको छ ।

धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट अवरुद्ध नसा खोलिएको हो । मगरको मुटुबाट मस्तिष्कतर्फ रगत लैजाने प्रमुख रक्तनली पूर्ण रूपमा बन्द भएको थियो । केएमसीका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलका अनुसार मगरको टाकायासु आर्टेराइटिसका कारण मस्तिष्कमा रगत पु¥याउने प्रमुख रक्तनलीका तीन शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द थिए । त्यसमाथि मस्तिष्कको दायाँ मध्य धमनीमा अचानक रगतको डल्लो जमेर रक्तप्रवाह अवरुद्ध भएपछि मस्तिष्कघात समेत भएको उनले बताएका छन् ।

बन्द रहेको रक्तनली खोल्न बेलुन एन्जियोप्लास्टी र स्टेन्टिङ तथा मस्तिष्कमा अड्किएको रगतको डल्लो निकाल्न मेकानिकल थ्रोम्बेक्टोमी गरिएको डा. पौडेलले बताएका छन् । उनका अनुसार सुरुमा आकस्मिक कक्षमा बिरामीको हातखुट्टा नचल्ने र मुख बाङ्गिएको देखिएपछि मस्तिष्कघातको आशंका गरिएको थियो । तत्काल गरिएको सिटी स्क्यानमा मस्तिष्कको दायाँ भागमा असर देखिएपछि सिटी एन्जियोग्राफी गर्दा मस्तिष्कमा रगत लैजाने प्रमुख रक्तनलीहरू बन्द भएको पत्ता लागेको हो ।

खुट्टाबाट तार र क्याथेटर प्रवेश गराएर बन्द भएको रक्तनलीसम्म पुगिएको उनले जानकारी दिएका छन् । त्यसपछि विशेष बेलुनको सहायताले रक्तनली फराकिलो पारेर स्टेन्ट राखिएको र रक्तप्रवाह पुनःस्थापित भएपछि मस्तिष्कको रक्तनलीमा अड्किएको रगतको डल्लो भ्याकुम र मेकानिकल थ्रोम्बेक्टोमीको माध्यमबाट निकालिएको उनले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘सुरुमा इमर्जेन्सीमा विरामी आउँदा हामीले स्ट्रोक भयो भनेर शंका गरेका थियौँ, सिटी स्क्यान गरेर हेर्दा दिमागको दाहिने भागमा दाग बसेको थियो । साथै सिटी एन्जियोग्राफीमा नशा पुरै बन्द थियो । हाम्रो मुटुबाट माथि जाने महाधमनी हुन्छ । महाधमनीको मुख्य दिमागमा रगत लाने नशा तीनवटै नशा बन्द भएको थियो र हाततिर लाने एउटा नशाबाट मात्रै दिमागको आपूर्ति भइरहेको थियो । यो कन्डिसनमा एक त मुटुबाट दिमागमा लाने नशालाई चाहिँ पुरै १०० प्रतिशत ब्लक भएकोलाई खोल्नुपर्ने । त्यहीमाथि दिमाग भित्रको अर्को नशा पनि ब्लक थियो । डबल ब्लक भएकोले यो एकदमै च्यालेन्जिङ केस थियो । हामीले घरपरिवारसँग सल्ला गरिसकेपछि उहाँहरुले तार विधिबाटै जसरी हुन्छ, ज्यान बचाउनुप¥यो भन्नुभयो । त्यसपछि हामीले एन्जियोग्राफी ग¥यौँ । पूर्णरुपमा बन्द भएको नशा थियो, त्यसलाई नशा कहाँबाट निक्लेको छ ? त्यो सुरुमा हामीलाई केही समय लाग्यो । १५–२० मिनेट हामी नशाभित्र खोतल्यौँ । त्यसपछि तार छिर्यो, तार छिरेपछि हामीले बेलुन एन्जियोप्लास्टी ग¥यौ । बेलुन एन्जियोप्लास्टी गरेर एउटा स्टेन्ट हाल्यौँ । स्टेन्ट हालेपछि त्यसपछि नशा बिस्तारै खुल्यो । त्यसपछि हामीले भ्याक्युम लगाएर जुन ब्लड क्लट छ त्यो क्लटलाई नै तान्यौँ । त्यसपछि हामी दिमागमै पुगेर एउटा झिल्ली र भ्याक्युम लगाएर दिमागको क्लटलाई पनि तान्यौँ । हामीले यो अप्रेसन पूर्ण रुपमा बेहोस नगराइकन अर्ध होशमा गरेको थियौँ ।’

उपचारअघि चिकित्सक टोलीले बिरामीका परिवारलाई अवस्था जटिल रहेको र उपचार सफल हुने निश्चित नभएको जानकारी दिएको थियो । परिवारले जोखिम भएपनि उपलब्ध आधुनिक उपचार विधिबाट प्रयास गर्न अनुमति दिएपछि उपचार अघि बढाइएको डा. पौडेलले जानकारी दिएका छन् ।

पौडेलले आफूले यस्तो प्रकृतिको केस अहिलेसम्म नदेखेको बताएका छन् । उनका अनुसार यो उनको उपचार यात्राको पहिलो र नेपालमा पनि पहिलोपटक गरिएको उपचार हो । टाकायासु आर्टेराइटिस ठूलो रक्तनलीमा हुने दुर्लभ सूजनजन्य रोग हो । यसले रक्तनली साँघुरो वा पूर्ण रूपमा बन्द गराउन सक्छ, जसका कारण मस्तिष्कसहित शरीरका विभिन्न अंगमा पर्याप्त रक्तप्रवाह नहुन सक्छ ।

न्युरो इन्टरभेन्सन उपचारमा सामान्य खुला शल्यक्रियाजस्तो टाउको चिर्नुपर्दैन । खुट्टा वा हातको रक्तनलीबाट तार तथा क्याथेटर प्रवेश गराएर प्रभावित रक्तनलीसम्म पुगिन्छ र क्याथल्याबको सहायताले उपचार गरिन्छ ।

उनले भनेका छन्, ‘मुटुबाट गएको नशा पूर्ण ब्लक भएर माथि दिमागमा पनि ब्लक भएको यो केस सायद नेपालकै पहिलो केस हो । मैले इन्डियामा ३ वर्ष काम गर्दा पनि यस्तो खालको केस देखेको थिएन । मेरो आफ्नै लाइफको पनि पहिलो केस हो र नेपालको लागि पनि यो पहिलो केस नै हो । ताकायासु आर्टराइटिस भन्ने रोग छ, यो भनेको आत्मरक्षा प्रणालीको कमजोरी हो । यसमा तपाईको आफ्नै शरीरले आफ्नै नशाहरुलाई अट्याक गर्छ ।’

डा. पौडेलका अनुसार यस्तो उपचारका लागि आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले परम्परागत शल्यक्रियाको तुलनामा खर्च बढी पर्न सक्छ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पतालले आवश्यकताअनुसार निःशुल्क उपचारसमेत गरेको उनले जानकारी दिएका छन् ।

केएमसीमा मस्तिष्कघातबाहेक ब्रेन एन्युरिजम, एभीएम, ट्युमर एम्बोलाइजेसन र फिस्टुलालगायतका रक्तनलीसम्बन्धी रोगको समेत न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार हुँदै आएको उनले जानकारी दिएका छन् ।

Previous Post

अखिल क्रान्तिकारीको सडक बिरोध: विद्यार्थीहरूले सडकमै खाना पकाएर खाए

Next Post

फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको छः महानिर्देशक सिंह

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In