• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको छः महानिर्देशक सिंह

रिजन ढकाल by रिजन ढकाल
२५ भाद्र २०८३, बिहीबार
A A
फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको छः महानिर्देशक सिंह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले सर्वोच्च अदालतबाट भएका फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सर्वोच्चले फैसला गरिसकेपछि पनि विभिन्न निकायहरुसँग राय माग्ने प्रवृत्तिले फैसला कार्यान्वयनमा ढिलाइ हुने गरेको बताएका छन् । सर्वोच्चले गरेको फैसला हुबहु कार्यान्वयन हुनुपर्नेमा किस्ताबन्दीमा कार्यान्वयन गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।

महानिर्देशक सिंहले फरार कैदी तथा व्यक्तिलाई पक्राउ गरी बाँकी कैद असुली गर्ने कार्यलाई प्रभावकारी बनाउन प्रहरीलाई दिइने पुरस्कार रकम बढाउनुपर्ने प्रस्ताव गरिएको पनि बताएका छन् । उनले फैसला कार्यान्वयन निर्देशनालयमा कार्यरत कर्मचारीले फरार कैदीको खोजी तथा फैसला कार्यान्वयनका लागि लागिपरेको भएपनि त्यसअनुसारको प्रोत्साहनको व्यवस्था नभएको गुनासो गरेका छन् ।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतले फैसला गर्छ । संविधान र मौजुदा कानूनमा पनि त्यही व्यवस्था छ । तर कानून मन्त्रालयसहितका निकायहरुले समेत राय माग्नुहुन्छ । सुप्रिम कोर्टले बोलिसकेपछि त एकैचोटि कार्यान्वयन गर्ने हो । बरु कार्यान्वयनको मोडालिटी बनाउने हो । राय माग्नको लागि पनि समिति गठन गर्नुहुन्छ । समिति गठन गर्दाखेरि पनि फेरि किस्ताबन्दीमा कार्यान्वयन गर्नुहुन्छ । त्यसैले सर्वोच्च अदालतले आदेश अथवा फैसला गरेपछि ती कुरा त हुबहु कार्यान्वयन गर्नुपर्छ । सरकारी वकिलसँग राय माग्नुभन्दा सरकारी वकिलले बहसकै क्रममा, लिखित जवाफकै क्रममा केही कुरा राखेको भए जाती हुन्थ्यो । पछि आएर राय माग्नु त त्यति तुक होइन जस्तो लाग्छ हजुरको। कार्यान्वयन गरिदिए राम्रो हुन्थ्यो ।’

उनले सर्वोच्चले गरेका फैसला कार्यान्वयनका लागि न्यायिक प्रहरीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

Previous Post

नेपालमा पहिलोपटक केएमसीमा जटिल मस्तिष्क रक्तनली चिरफार नगरि खोलियो

Next Post

कतारमा अन्तर्राष्ट्रिय बाज तथा सिकार प्रदर्शनी

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In