• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

निषेधको राजनीति छोडेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्छः लिङदेन

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः लिङदेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई थप द्वन्द्व र विद्रोहमा धकेल्ने नभई सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै उनले अब राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका हुन् । आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले देशले १० वर्षे द्वन्द्वपछि गत वर्षको भदौ २३ र २४ गतेको विद्रोह तथा त्यसबाट भएको ठूलो क्षतिसमेत व्यहोरिसकेको भन्दै अब थप द्वन्द्व र विद्रोह धान्नसक्ने अवस्थामा नरहेको बताए ।

उनले कुनै समय राजाले राजनीतिक दललाई र कुनै समय राजनीतिक दलहरूले राजालाई निषेध गरेको उल्लेख गर्दै निषेधको राजनीतिले मुलुकलाई कहाँ पुर्‍यायो भन्ने कुरा सबैले बुझिसकेको बताए । अब त्यस्तो राजनीति त्यागेर राष्ट्रिय सहमतिको माध्यमबाट देशलाई निकास दिनुपर्ने उनको भनाइ छ ।

लिङदेनले राष्ट्रिय सहमति कायम गरी देशमा शान्ति र स्थिरता स्थापना गर्नुपर्ने तथा आगामी ५ देखि १० वर्षभित्र नेपाललाई विकसित मुलुकको दाँजोमा पुर्‍याउने अभियानमा सबै राजनीतिक दल र शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

राष्ट्रिय एकता र सहमतिको पक्षमा आफूहरूले आवाज उठाइरहेकाले त्यसलाई विश्वसनीय बनाउन राप्रपा आफैँ बलियो र एकताबद्ध हुनुपर्नेमा पनि लिङदेनले जोड दिए । पार्टी कमजोर र विभाजित भएमा अन्य राजनीतिक शक्ति र जनताले राप्रपामाथि विश्वास नगर्ने उनले बताए ।

अध्यक्ष लिङदेनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि भन्दै आएको छ कि देशले १० वर्षे द्वन्द्व व्यहोर्‍यो, त्यसपछि भदौ २३/२४ गतेको जुन विद्रोह र नोक्सानी व्यहोर्‍यो, अब त्यसले थप द्वन्द्व र विद्रोह व्यहोर्न सक्दैन । मात्र होइन, अब देशले कुनै पनि प्रकारको निषेधको राजनीति व्यहोर्न सक्दैन । निषेधको राजनीति देशमा लामो समयसम्म चल्यो । कुनै बेला राजाले राजनीतिक दलहरूलाई निषेध गरे होला, कुनै समय राजनीतिक दलहरूले राजालाई निषेध गरे होला, तर निषेधको राजनीतिले देशलाई कहाँ पुर्‍यायो, हामी सबैलाई थाहा छ । त्यसकारण अब निषेधको राजनीति छोडेर सबै राजनीतिक शक्तिहरूदेखि राजासम्मको बीचमा एउटा राष्ट्रिय सहमति निर्माण गरेर देशलाई निकास दिने बेला आएको छ । अब सबै शक्तिहरूको बीचमा राष्ट्रिय सहमति निर्माण गरेर देशमा शान्ति, स्थिरता कायम गर्ने र देशलाई ५–१० वर्षभित्रमै दुनियाँका विकसित मुलुकहरूको दाँजोमा पुर्‍याउने यात्रामा सबै राजनीतिक दल र शक्तिहरू एक ठाउँमा जानुपर्छ । अब हामीलाई पर्खिने र फेरि पनि विभाजित हुने सुविधा र छुट छैन । त्यसकारण हामी निरन्तर रूपमा राष्ट्रिय सहमतिको पक्षमा छौँ र राष्ट्रिय सहमतिको कुरा गरिराखेका छौँ । हामीले कहाँ–कहाँ कमी–कमजोरी भयो, त्यसलाई सच्याएर, आफू समेत सच्चिएर, मदेखि तलसम्मका सबै साथीहरू सच्चिएर अब नयाँ ढङ्गले जानुपर्छ । हामीले यो महाधिवेशनको बाटोबाट राष्ट्रिय प्रजातन्त्र पार्टी सुध्रियो र बदलियो भन्ने सन्देश आम जनतालाई दिनुपर्छ ।’

उनले पार्टीभित्र एकता कायम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै विगतमा संगठन निर्माणका क्रममा अपनाइएका रणनीति र कार्यशैलीमा भएका कमजोरी सच्याउनुपर्ने बताए । आफूबाटै सुधार सुरु गर्नुपर्ने भन्दै उनले नेतृत्वदेखि तल्लो तहसम्मका सबै नेता–कार्यकर्ता सच्चिएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए । लिङदेनले आगामी महाधिवेशनबाट राप्रपा सुध्रिएको र बदलिएको सन्देश आम जनतामाझ पुर्‍याउनुपर्ने बताए ।

Previous Post

काभ्रेको बल्थलीमा एमाले पुनर्गठन कार्यदलको आवासीय बैठक

Next Post

मङ्सिर २६–२८ को महाधिवेशन कुनै बहानामा रोकिँदैनः लिङदेन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In