• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद क्रिकेट

एसीसी प्रिमियर कपको उपाधि नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि : पारस खड्का

रिजन ढकाल by रिजन ढकाल
२९ भाद्र २०८३, सोमबार
A A
एसीसी प्रिमियर कपको उपाधि नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि : पारस खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्रिकेट एशोसिएशन नेपाल (क्यान) का सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताएकाछन् ।

एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताएकाछन् । उहाँले अर्जुन कुमाल र शेर मल्ललगायत युवा खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको उल्लेख गर्नुभयो । खड्काले क्रिकेट टिम स्पोर्ट भएकाले जित्दा सबै कुरा राम्रो देखिने र हार्दा स्वाभाविक रूपमा आलोचना हुने बताएकाछन् । यद्यपि समग्रमा नेपाली क्रिकेट टोलीले राम्रो गरिरहेको उहाँको भनाइ छ । उहाँले नेपालको एकदिवसीय (ओडीआई) संरचना र फम्र्याटमा भने थप मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । अहिलेका लागि एशिया कपमा छनोट हुनु टोलीका लागि मनोबल बढाउने महत्वपूर्ण उपलब्धि भएको उहाँले बताएकाछन् ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले सकारात्मक पक्षबारे कुरा गर्नुपर्छ । नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु हाम्रा लागि ठूलो उपलब्धि हो ।’

एशियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गतका विभिन्न टोलीसँग प्रतिष्पर्धा गर्नु सहज नभए पनि नेपालले समग्र टिम प्रदर्शन सुधार गर्दै उपाधि जित्न सफल भएको खड्काले बताएकाछन् । देश पछिल्लो केही समयदेखि कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटले नेपालीमा खुशी ल्याउन सकेको उल्लेख गर्दै उहाँले क्रिकेटमार्फत राष्ट्रलाई जोड्ने अभियानमा क्यान लागिरहेको बताएकाछन् ।

एशिया कपका लागि अब क्यानले गर्ने तयारीबारे खड्काले नेपाली क्रिकेट टोलीको आगामी ७–८ महिनाको तालिका तथा अर्को वर्षसम्मको कार्यक्रम तयार भइसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाली टोलीले अब एशियन गेम्स, क्रिकेट विश्वकप (सीडब्लुसी), नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका प्रतियोगितामा सहभागिता जनाउनेछ । एशियन गेम्समा पदक जित्ने लक्ष्य महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । यसअघि एशियन गेम्समा नेपाल पदकको निकै नजिक पुगेको स्मरण गर्दै खड्काले आगामी संस्करणमा अझ राम्रो प्रदर्शन गर्ने अवसर रहेको बताएकाछन् ।

नेपालको ओडीआई वरीयताका आधारमा विश्वकपको प्लेअफ खेल्ने सम्भावना रहेको र आगामी वर्ष द्विपक्षीय सिरिजका लागि समेत क्यानले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

खड्काले भन्नुभयो, ‘निरन्तर रूपमा क्रिकेट प्रतियोगिता धेरै छन् । प्रतियोगिताअनुसार तयारी गर्दै जानेछौँ र आवश्यक जानकारी सबैलाई गराउँदै जानेछौँ ।’

खड्काले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आगामी प्रतियोगितामा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

रातो पहिरनमा उर्लिएको आस्थाको सागरः पशुपतिनाथमा हरितालिका तीजको अलौकिक भव्यता (फोटो फिचर)

Next Post

‘देश दुःखिरहेका बेला क्रिकेटमार्फत भएपनि खुशी दिन पाउँदा गर्व लागेको छ’– सन्दीप

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In