• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विश्वव्यापी हरित रूपान्तरणका लागि बलियो सहकार्य आवश्यकः व्यवसाय परिषद् प्रमुख

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
विश्वव्यापी हरित रूपान्तरणका लागि बलियो सहकार्य आवश्यकः व्यवसाय परिषद् प्रमुख
0
SHARES
0
VIEWS
विश्वव्यापी हरित रूपान्तरणलाई तिब्र बनाउन चीनसहित विश्वभरका व्यवसायीबीच सहकार्य र ज्ञान आदानप्रदान थप मजबुत बनाउनुपर्ने विश्व दिगो विकास व्यवसाय परिषद्का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पिटर बाक्करले बताए । चीनको उहानस्थित इस्ट लेक र स्विट्जरल्यान्डको लेक जेनेभाको नामबाट राखिएको ‘टु लेक्स डायलग’को तेस्रो संस्करण मंगलवारदेखि बिहीवारसम्म उहानमा आयोजना हुँदैछ । विश्व दिगो विकास व्यवसाय परिषद्, हुबेई होङताई समूह र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्को हुबेई उपपरिषद्को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । बाक्करले भू–राजनीतिक घटनाक्रमले विश्व समाचारमा ठूलो स्थान ओगटिरहेका बेला चीन र पश्चिमी मुलुकका व्यवसायीलाई एउटै मञ्चमा ल्याएर अर्थतन्त्रलाई कसरी कार्बन उत्सर्जनमुक्त बनाउने भन्ने विषयमा छलफल गर्नु महत्वपूर्ण रहेको बताए । उहाँले विभिन्न कम्पनीले विकास गरेका हरित प्रविधि तथा समाधानको तुलना, अनुभव आदानप्रदान र नयाँ व्यावसायिक साझेदारीमार्फत ती समाधानलाई व्यापक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । बाक्करले विश्वभरका व्यवसायीलाई चीनको विकासबाट सिर्जित अवसरको सदुपयोग गर्दै विश्वव्यापी हरित रूपान्तरणलाई अघि बढाउन आह्वान गर्नुभयो । उहाँकाअनुसार चीनले जलवायु परिवर्तन न्युनिकरणका लागि विभिन्न समाधान विकास गर्नुका साथै ती समाधानलाई अन्य देशको तुलनामा ठूलो स्तरमा कार्यान्वयन गर्ने क्षमता पनि देखाएको छ । चीनमा कार्यान्वयन भइरहेका प्रविधि तथा समाधानबाट साझेदारी र ज्ञान हस्तान्तरणमार्फत अन्य देशका व्यवसायले सिक्नसक्ने उहाँले बताए । बहुराष्ट्रिय कम्पनी, चाहे ती पश्चिमा हुन् वा चिनियाँ, एकै ठाउँमा आएर आपूर्ति श्रृंखलाबाट हुने कार्बन उत्सर्जन, त्यसको न्युनिकरणका उपाय र उत्सर्जन मापनका लागि आवश्यक मापदण्डबारे छलफल गर्नुपर्ने उहाँको भनाइ छ । यस्तो सहकार्यले कुनै एक देश वा क्षेत्रलाई मात्र फाइदा पुग्ने नभई विश्वव्यापी रूपमा जलवायु परिवर्तनविरुद्धको प्रयासलाई तीव्र बनाउन सहयोग गर्ने समाधान विकास गर्न सकिने बाक्करले बताए । ‘टु लेक्स डायलग’ले चीन र पश्चिमी मुलुकका व्यवसायी तथा दिगो विकासका क्षेत्रमा कार्यरत पक्षबीच संवाद, सहकार्य र हरित प्रविधिको आदानप्रदानका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Previous Post

आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

Next Post

विश्वकै पहिलो प्रागैतिहासिक उड्ने सरीसृपसम्बन्धी संग्रहालय चीनको सिनजियाङमा खुल्यो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav