• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’
0
SHARES
0
VIEWS
भोटेकोशी रसुवा बाढीसँगै जलवायु न्यायको विषय टड्कारो उठिरहेका सांगीतिक क्षेत्रमा जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक सांगीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ सार्वजनिक भएको छ ।
कार्बन उत्सर्जनमा योगदान नगण्य भएपनि जलवायु संकटका कारण बढ्दो विपद्को सबैभन्दा गहिरो चोट भने नेपालका हिमाली र नदीकिनारका समुदायले व्यहोरिरहेका सार्वजनिक भएको यो गीतले जलवायु न्यायका लागि विश्वको ध्यान आकर्षित गरेको छ । तथ्यले मानिसलाई जानकारी दिन्छ, कथाले भावनालाई जोड्छ र संगीतले अनुभूतिलाई स्मृतिमा राख्छ । यही कारण जलवायु तथा विपद् सञ्चारमा कला र संगीतको भुमिका महत्वपूर्ण हुन्छ । यो श्रृजना केबल पीडा व्यक्त गर्नुमा मात्रै सिमित छैन यसले प्रश्न गरेको छ । जुन प्रश्नलाई नेपाल सरकारले विश्वजगतमा पुर्याउन जरुरी छ । गीतकार डीडी पन्तले गीतमा बिम्ब र प्रतिकलाई निकै कलात्मक र सचेत ढंगमा प्रश्तुत गरेका छन् ।
‘कसले आकाश बिगा¥यो?,कसले ऋतुको लय भत्कायो?,कसले तिम्रा मौनतामा,नाफाको व्यापार गरायो ?’
जलवायु परिवर्तनलाई लामो समयसम्म वैज्ञानिक, प्राविधिक वा वातावरणीय विषयका रूपमा प्रश्तुत गरियो । हिमाली क्षेत्रको अस्थिरता, विपद् जोखिम, नदी किनारको अव्यवस्थित विकास र वातावरणीय संवेदनशीलता माथि उठिरहेका प्रश्नहरु अब केवल बैज्ञानिक वा औपचारिक प्रतिवेदनका विषय बनाइयो । गीतकार पन्तले जलवायु संकटको प्रश्न घर, खेत, सडक, बजार र परिवारको जीवनसँग जोडेर त्यही भित्रबाट न्यायको प्रश्न उठाएका छन् । भोटेकोशीजस्ता विपत्तिले अझ ठूलो प्रश्न उठाउँछन्—प्राकृतिक जोखिम बढ्दै जाँदा हाम्रो विकासको ढाँचा कति सुरक्षित छ ? गीतले विकास माथि पनि प्रश्न गरेको छ ।
‘पहरो फोडी सुरुङ खन्यौँ हामीले
भाग्य फोडी भ्वाङ बनायौ तिमीले । ’
‘सुरुङ’ विकासको प्रतीक अनि मानविय प्रयत्न र स्वाभिमानको बिम्ब हो । ऊर्जा, सडक, पूर्वाधार र समृद्धि खोज्दै पहाडभित्रसम्म पुगेको त्यही ‘विकास’ प्रकृतिमाथि मानवीय हस्तक्षेपको प्रतीक हो । गीतले विकासको विरोध गरेको छैन तर शैलीमा कडा प्रश्न गर्छ । हामीले नदीबाट ऊर्जा निकाल्दा नदीको स्वभाव कति बुझ्यौँ ? पहाड काट्दा त्यसको भूगर्भीय संवेदनशीलता कति बुझ्यौँ ? नदीकिनारमा संरचना बनाउँदा भविष्यको जोखिम कति आँकलन गर्यौँ ? विपद् आउनुअघि समुदायलाई जोगाउन हामी कति तयार थियौँ ?
कति घर भत्किए, कति पुल बगे वा कति मानिस मरे भन्नेमा क्षतिको मूल्य सीमित हुँदैन । कसले क्षति व्यहोर्यो, किन व्यहोर्यो र पुनःस्थापनाको क्षमता य संग छ कि छैन ? जलवायु न्यायको बहसमा यो विषय महत्वपूर्ण हुन्छ । जलवायु परिवर्तनका प्रतिवेदनले तापक्रम, वर्षा, हिमताल, जोखिम र आर्थिक क्षतिको तथ्यांक प्रश्तुत गर्न सक्छन् । वैज्ञानिक अध्ययनले कारण र प्रभावको व्याख्या गर्न सक्छन् । तर ति अध्ययन मानिसको भावना र स्मृतिसँग जोडिन सक्दैनन् । भावना र स्मृतिलाई जोड्ने शक्ति गीत संगीतमा हुन्छ । ‘ए नदी ए हिमाल’ ले हराएको घर, खोजिएको आफन्त, अधुरो सपना र भविष्यप्रतिको भयलाई गहिरो रुपमा अनुभूत गराउदै जलवायु न्यायको शसक्त आवाज उठाएको छ ।
‘उछिट्याइदियौँ सपनाहरू, पुरिदियौँ आशाहरू, गुमनाम गरायौँ मुटुहरू, फटायौँ उभिने धर्ती पनि ।’
यी पंक्तिले तथ्यांकलाई अनुभूतिमा बदलिदिन्छन् । विपद्लाई केवल ‘प्राकृतिक प्रकोप’ भनेर व्याख्या गर्दा त्यसमा मानवीय जिम्मेवारीका प्रश्नहरू हराउन सक्छन् । अब विपद् जोखिमको बहसले खतरा मात्र होइन, जोखिम निर्माण गर्ने सामाजिक, आर्थिक र विकाससम्बन्धी कारणहरू हेर्नुपर्ने माग गर्छ । त्यसैले ‘ए नदी ए हिमाल’ केवल भोटेकोशीको शोकगीत होइन, यसले जलवायु न्याय, जिम्मेवार विकास र विपद् तयारी रुखो प्रश्न गरेको छ ।
‘कसका लोभ र कसका गल्ती थिए,विनासित्ती निर्धासँग रिसाएर आयौ ?’
मानिसले तथ्यांक बिर्सन सक्छ । प्रतिवेदनका पाना सम्झन गाह्रो हुन सक्छ । तर कुनै गीतसँग जोडिएको धुन, शब्द र भावनाले घटनाको स्मृतिलाई लामो समयसम्म जीवित राख्छ ।
‘भविष्य गयो भेलसँगै, स्मृति रह्यो खोँचतिर बाँचे पनि मरेतुल्य भो, कसरी खै तंग्रिउँला र?’
जलवायु संकटको सबैभन्दा ठूलो प्रश्न पनि शायद यही हो—कम जिम्मेवार समुदायले किन बढी क्षति व्यहोर्नुपर्छ ? विकास कसका लागि र कस्तो जोखिममा भइरहेको छ ? र विपद् भएपछि क्षतिको हिसाव मात्रै गर्ने कि विपद् आउनुअघि नै न्यायपूर्ण र जोखिम–सचेत विकासको बाटो रोज्ने ?
‘ए नदी ए हिमाल’ ले यी प्रश्नको उत्तर दिँदैन । तर संगीतको सफ्ट पावर यही हो—उसले कहिलेकाहीँ उत्तरभन्दा धेरै शक्तिशाली प्रश्न मानिसको मनमा छोडिदिन्छ । गीतले बाढीको शोक मात्र व्यक्त गर्दैन, प्रकृति, विकास र मानवीय जिम्मेवारी माथि प्रश्न पनि गर्छ । प्रविधि, कला र सामूहिक स्मृतिको दस्तावेज यो गीतले व्यक्तिगत शोक र ऐँठनलाई सार्वजनिक बहसमा परिणत गर्दै भविष्यका लागि एउटा सामूहिक स्मृतिको तमसुक गरेको छ । गीत मार्फत पन्तले भोटेकोशीको बाढी पछि प्रकृतिलाई जित्ने होइन, बुझ्नुपर्ने पाठ मानिसले सिक्नुपर्ने र प्रकृतिको दोहन गर्नेहरुले समयमै जिम्मेवारी बोध गर्नुपर्ने चेतावनी पनि दिएका छन् ।
बाढीले घर, सडक, पुल र संरचना मात्रै बगाएन । त्यसले मानिसका वर्षौंका श्रम, परिवारका सपना, जीविकोपार्जनका आधार र भविष्यका योजना समेत बगायो । यही मानवीय क्षतिको बीचमा आएको ‘ए नदी ए हिमाल’ शोकगीत भन्दा बढी— विपत्तिले जन्माएको जलवायु न्यायको सांगीतिक अभिव्यक्ति पनि हो ।
‘हे नदी, हे हिमाल भन योे कस्तो पागलपन देखायौ ? कसको कर्तुत थियो अनि कसको थियो रिस ? अधमरा नेपालीका पोल्टामा किन खन्यायौ ?घाम लागेको बिहान थियो, आकाश पनि त नीलै थियो…’
गीत सुरु हुन्छ यसरी । यी शब्दले विपत्तिअघिको सामान्य जीवनलाई देखाएको छ । मानिसहरू आफ्ना दैनिकीमा थिए । कसैका लागि त्यो काममा जाने दिन थियो, कसैका लागि यात्रा, कसैका लागि परिवारसँग बिताउने सामान्य बिहान । तर केही समयमै विष्मयकारी बाढीले उडाईदियो बस्ती । एकैछिनमा भयावह मानवीय विपत्तिको स्वरुप देखियो । नदी किनारका बस्ती, बजार, सडक, पुल, निर्माणस्थल र मानिसका वर्षौंका श्रम एकैछिनमा माटो, ढुंगा, पानी र भग्नावशेषको कथा बने । भोटेकोशीबाट त्रिशूली हुँदै नारायणीसम्म बगेको विपत्तिले आफ्नो बाटोमा विध्वंशसँगै हजारौँको अकाल मृत्यु र बेपत्ताको कहालीलाग्दो कथा छोडेर गयो । दिन बित्दै जाँदा विपत्तिको आकार झन् भयावह हुँदै गयो । यो केवल नदीलाई गरिएको प्रश्न होइन । यो प्रकृतिलाई बुझ्न नसकेको मानिसको प्रश्न हो । अनि विपत्तिको कारण खोजिरहेको आम समाजको प्रश्न हो । प्राविधिक अर्थमा जलवायु संकट, अनियन्त्रित विकास र मानवीय लोभ इंकित प्रश्न हो ।
‘अचानक तिमी कहाँबाट आयौ, उर्लेर त्यसरी सर्वश्व बगायौ ।’
यी शब्दले समान्य प्राकृतिक घटना नभई त्यसले विपत्तिबाट श्रृजित मानवीय विष्मातलाई दर्शाउँछ । आकाश सामान्य थियो, तर जमिन सामान्य रहेन । बिहान सामान्य थियो, तर केही क्षणपछि जीवन सामान्य रहेन । नदी, जुन वर्षौंदेखि मानिसका लागि बाटो, पानी, ऊर्जा, पर्यटन र जीवनको स्रोत थियो, अचानक मृत्युको अकल्पनीय प्रवाह बन्यो । विषाद र विष्मातको सगम बन्यो । त्यसैले त गीतकारका शब्दसंयोजन विनाशको कथामा मात्रै केन्द्रित छैनन् । तीनले प्रेम, स्नेह, सपना अनि सिगो मानविय क्षतिको विष्मातलाई लिपिबद्ध गरेका छन् ।
गीतको भावनात्मक केन्द्र हो यो । यहीँ आएर सबैका आखाँ रसाउँछन् । निःशब्द अनि सन्नाटा छाउँछ । भोटेकोशी विपत्तिपछि सार्वजनिक भएका मृत्यु र बेपत्ताका तथ्यांकले विपत्तिको भयावह अवस्था देखाउँछ । नदी किनारमा घर मात्रै थिएनन् । कतिका परिपक्व प्रेम थिए । कति प्रेम अंकुरित हुँदै थिए । कति प्रेम फक्रिँदै थिए । धर्म, संस्कृति, परम्परासहितका प्रेमिल स्नेहपूर्ण मानिसका जीवन थिए । शिक्षाको मन्दिर थियो । ऋण लिएर बनाएका घर थिए । व्यवसाय थिए । खेती थियो । परिवारको भविष्य थियो । अनि थिए पत्रे चट्टान जस्ता सुन्दर सपनाहरु । किशोर किशोरीका प्रेमिल अनुभुतिका जीवन्त कथा थिए । सास धान्न गरेका दैनिक कर्मका वासलात थिए । सिंगो संसार थियो । बाढीले भौतिक संरचना मात्र नष्ट गरेन सामाजिक र आर्थिक सुरक्षाको आधार भत्कायो । नदीले विगत र वर्तमान मात्रै बगाएको थिए प्रेम चुँढियो, अंकुरित नहुदै निमोठियो, फक्रन फुल्न नपाउँदै चिमोटियो अनि सधैका लागि माटोमुनी बिलय भयो । बगरमा आफन्त खोज्दै गरेकाहरुको पीडालाई यी हरफरले सम्बोधन गरेको छ । मुटु भित्रै पुगेको छ ।–‘लाखौँ सपना थिए ती किनारहरूमा टेक्ने लौरा थिए ती खोला बगरमा ।’
पन्तकाअनुसार गीतको स्वर र संगीत एआईमार्फत तयार गरिएको बताए । त्यसैले यो गीतमा मानवीय पीडाबाट जन्मिएको सिर्जना र कृत्रिम बुद्धिमत्तामा आधारित संगीत प्रविधिको संयोजन पनि छ ।
Previous Post

उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई काठमाडौंको प्रश्ताव

Next Post

मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav