• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ ।

सिंहदरबारमा मंगलवार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भएपनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो । त्यस्तै, मन्त्रालयका कामकारबाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका विषयमा समेत छलफल गर्ने कार्यसूची थियो । बैठकका लागि शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई समेत बोलाइएको थियो । समितिका सदस्यहरु बैठकमा उपस्थित भइसकेपछि मन्त्री पोखरेलले बैठक शुरु भइसकेको अवस्थामा आफू अस्वस्थ रहेको जानकारी गराउनुभएको थियो । मन्त्री बैठकमा उपस्थित हुन नसकेपछि समिति सभापति डा. ओजश्वी शेरचनले बैठक स्थगित भएको घोषणा गर्नुभयो । बाढी प्रभावित क्षेत्रमा शिक्षा क्षेत्रका संरचना तथा शैक्षिक गतिविधिमा परेको असर, विद्यार्थी र शिक्षकको अवस्था तथा राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि मन्त्रालयले गरिरहेका कामबारे समितिले मन्त्री र सचिवसँग जानकारी लिन बैठक बोलाएको थियो ।

Previous Post

जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’

Next Post

ब्रिक्स सहकार्यबाट ब्राजिलियन व्यवसायीलाई नयाँ व्यापारिक अवसर

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In