• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

टर्कीका राष्ट्रपति एर्दोगान चाँडै सिरिया भ्रमणमा जाने

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
टर्कीका राष्ट्रपति एर्दोगान चाँडै सिरिया भ्रमणमा जाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले चाँडै सिरियाको भ्रमण गर्ने तयारी भइरहेको टर्कीका विदेशमन्त्री हाकान फिदानले बताए । दमास्कस र अंकाराबीच राजनीतिक तथा आर्थिक सहकार्य थप विस्तार भइरहेका बेला एर्दोगानको सिरिया भ्रमणको तयारी अघि बढाइएको हो । सिरियाको सरकारी समाचार संस्था सानाकाअनुसार विदेशमन्त्री फिदानले आईतवार दमास्कसमा सिरियाका विदेश मामिला प्रमुख असद हसन अल–शिबानीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणका लागि आवश्यक वातावरण तयार पार्ने काम भइरहेको बताए । भेटवार्तामा दुवै अधिकारीले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । उनीहरूले राजनीतिक, कूटनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यसहित ऊर्जा, शिक्षा, संस्कृति र शरणार्थीहरूको स्वदेश फिर्तीजस्ता विषयमा उच्चस्तरीय संयुक्त समिति सक्रिय बनाउने विषयमा समेत सहमति जनाएका छन् । शिबानीकाअनुसार उक्त समिति दुवै देशको संयुक्त नेतृत्वमा सञ्चालन हुनेछ । समितिले नियमित बैठक गर्ने तथा निर्णय कार्यान्वयनको अनुगमनका लागि स्थायी सचिवालय र विभिन्न क्षेत्रगत विशेष समितिहरू गठन गर्नेछ । टर्कीका विदेशमन्त्री फिदानले व्यापार तथा लगानीलाई सहज बनाउन दुई देशले विभिन्न संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । यसअन्तर्गत लगानीका लागि वित्तीय सुविधा, भिसा, काम गर्ने अनुमति तथा प्रमाणपत्रसम्बन्धी प्रक्रिया सहज बनाउने विषय समेटिएका छन् । फिदानले ऊर्जा र कपडा क्षेत्रमा टर्कीका लगानीकर्ताको सिरियामा बलियो चासो रहेको पनि बताए । पूर्व सिरियाली सरकार सन् २०२४ डिसेम्बरमा पतन भएपछि दमास्कस र अंकाराबीचको सम्बन्ध तिब्र गतिमा विस्तार हुँदै आएको छ । पछिल्लो समय दुई देशबीच राजनीतिक संवादसँगै आर्थिक तथा सुरक्षा सहकार्यलाई समेत प्राथमिकता दिइँदै आएको छ ।

Previous Post

ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै

Next Post

लेबनानमा युद्धबाट ध्वस्त विद्यालय, बालबालिकालाई कक्षाकोठा फर्किन कठिन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In