• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

लेबनानमा युद्धबाट ध्वस्त विद्यालय, बालबालिकालाई कक्षाकोठा फर्किन कठिन

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
लेबनानमा युद्धबाट ध्वस्त विद्यालय, बालबालिकालाई कक्षाकोठा फर्किन कठिन
0
SHARES
0
VIEWS

लेबनानको बेका क्षेत्रमा केही विद्यालयमा विद्यार्थी कक्षाकोठामा फर्किए पनि युद्धका कारण क्षतिग्रस्त विद्यालयहरूमा शैक्षिक गतिविधि सामान्य अवस्थामा फर्काउन कठिनाइ भइरहेको छ । मचघारास्थित महदी विद्यालयमा विद्यार्थी पुनः कक्षामा फर्किएका छन् । विद्यालयका कक्षाकोठा फेरि पढाइ र बालबालिकाको खेलकुदको आवाजले भरिन थालेका छन् । तर नजिकै रहेको सहमार सार्वजनिक विद्यालयको अवस्था भने निकै फरक छ । इजरायली हवाई आक्रमणका कारण विद्यालयका कक्षाकोठा, झ्याल, पर्खाल तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुगेको छ । क्षतिका कारण विद्यालयका केही भाग अझै प्रयोग गर्न नसकिने अवस्थामा छन् । सहमार सार्वजनिक विद्यालयको अभिभावक समितिका प्रमुख बिलाल कमारकाअनुसार विद्यालय तत्काल पुनःस्थापना गर्न नसकिए चालु शैक्षिक वर्षसँगै आगामी शैक्षिक वर्षसमेत प्रभावित हुनसक्छ । उनले विद्यालयका सबै उपकरण नष्ट भएको र कक्षाकोठाहरूमा समेत ठूलो क्षति पुगेको भन्दै सरकारी निकाय, संयुक्त राष्ट्रसंघ तथा लेबनानका विभिन्न समिति र संघसंस्थालाई तत्काल सहयोग गर्न अपिल गरे । कमारले विद्यार्थीलाई पुनः कक्षाकोठामा फर्काउन विद्यालयको पुनःस्थापना तत्काल आवश्यक रहेको बताए । विद्यालयमा बालबालिकाको पढाइ र खेलकुदको आवाज फेरि सुनिनुपर्ने उनको भनाइ छ ।
युनिसेफ र लेबनानको शिक्षा तथा उच्च शिक्षा मन्त्रालयले जुलाईमा गरेको राष्ट्रव्यापी सर्वेक्षणअनुसार पछिल्लो मध्यपूर्व द्वन्द्वबाट लेबनानका ३४० वटा शैक्षिक संस्था प्रभावित भएका छन् । प्रभावित संस्थामा विद्यालय तथा व्यावसायिक तालिम केन्द्रसमेत रहेका छन् भने १७ वटा संस्था पूर्ण रूपमा ध्वस्त भएका छन् । युद्धका कारण भौतिक संरचनामा पुगेको क्षतिले लेबनानमा विद्यार्थीको नियमित शिक्षामा फर्किने प्रक्रिया थप चुनौतीपूर्ण बनेको छ ।

Previous Post

टर्कीका राष्ट्रपति एर्दोगान चाँडै सिरिया भ्रमणमा जाने

Next Post

हंगेरी र जर्मनीबीच दीर्घकालीन साझेदारी थप मजबुत बनाउने सहमति

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav