• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इन्द्रध्वजाको लिङ्गो उठाउन नालाबाट भोटाहिटी ल्याईयो रुख(तस्बिरसहित)

रिजन खड्का by रिजन खड्का
३० भदौ, २०८३
A A
इन्द्रध्वजाको लिङ्गो उठाउन नालाबाट भोटाहिटी ल्याईयो रुख(तस्बिरसहित)
0
SHARES
0
VIEWS

इन्द्रजात्रामा इन्द्रध्वजाको लिङ्गो उठाउन काभ्रे र भक्तपुरको सीमानाका नालाबाट रुख (यःसिं) काटेर भोटाहिटीमा ल्याइएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित सल्लाघारीबाट रानी सल्लाको रुखलाई काटेर विभिन्न धार्मिक विधि पूरा गर्दै काठमाडौं ल्याइएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको शुभ साइतअनुसार रुख काट्ने, क्षमा पूजा गर्ने तथा काठमाडौं ल्याउने प्रक्रिया अगाडी बढाईने गरेको केन्द्रिय मानन्धर संघका सचिव केके मानन्धरले जानकारी दिए । पूर्वीय परम्परामा रुख काट्नु प्राण लिने कार्यसरह मानिने भएकाले रुख काट्नुअघि क्षमा पूजा गर्ने प्रचलन रहेको छ । यस वर्ष तिथिको गणनाअनुसार शुभ साइतमा सल्लाघारीबाट रुख काटेर ल्याउने प्रक्रिया शुरु गरिएको थियो । हरितालिका तीजको दिनदेखि भने रुखलाई तान्दै काठमाडौं ल्याउने पक्रिया शुरु गरिएको उनले जानकारी दिए । पहिलो दिन सोमबार भलाँतेमा राखिएको र मंगलबार काठमाडौंको नगर प्रवेश बिन्दु भोटाहिटी आइपुगेको हो । भोटाहिटीमा रहेको मण्डलालाई केन्द्र बनाएर रुखलाई विशेष विधिअनुसार राखिनेछ । त्यसपछि स्थानीय तलाछि टोलका मानन्धर समुदायले पूजा गर्ने र केही दिनपछि विभिन्न समुदायको सहभागितामा वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा पुर्‍याइने छ । हनुमानढोका दरबारमा पुगेपछि निर्धारित तिथिमा रुखलाई ठड्याइनेछ । उक्त रुख ठड्याएसँगै काठमाडौं उपत्यकामा विशेषगरी काठमाडौंमा विधिवत् रूपमा इन्द्रजात्रा शुरु भएको मानिन्छ ।

यस वर्ष इन्द्रजात्रा असोज ९ गते पर्ने र जात्रा करिव एक सातासम्म विभिन्न विधि तथा सांस्कृतिक गतिविधिसहित मनाइने मानन्धरले जानकारी दिए ।

Previous Post

कृष्णभीरमा पाखो ताछेर ‘फेरि ठूलो विपत्ति निम्त्याउने जोखिम’ हो–माटोविज्ञ न्यौपाने

Next Post

संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि सर्वदलिय बैठक राख्न प्रधानमन्त्रीलाई आङ्देम्बेको सुझाव

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav