काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक परिषद्को बैठकमा सहभागी हुन पाकिस्तान प्रस्थान गर्नुभएको छ।
१४औँ दक्षिण एसियाली खेलकुद (साग) को आयोजना सम्बन्धमा छलफल गर्न भदौ ७ र ८ गते पाकिस्तानको इस्लामाबादमा बैठक बस्ने भएको छ। बैठकमा १४औँ सागको आयोजना, तयारी तथा आगामी प्रक्रियाका विषयमा छलफल हुने जनाइएको छ।
पाकिस्तान प्रस्थान गर्नुअघि सदस्य श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यजन्कार र सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो।
बैठकमा दक्षिण एसियाली मुलुकबीचको खेलकुद सहकार्य तथा १४औँ साग आयोजनासम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।
