काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रिक्त रहेका केही पदाधिकारीको पदपूर्ति गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न पदाधिकारीमा नयाँ जिम्मेवारी तोकेको हो।
स्रोतका अनुसार बैठकले कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेल तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरीलाई मनोनीत गरेको छ।
पार्टीमा अझै एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको पद रिक्त रहेको छ। रिक्त पदमा भने तत्काल पदपूर्ति नभएको स्रोतले जनाएको छ।
