• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरण गर्ने कार्य तिब्र बनाइयोस्ः रास्वपा सांसद चौधरी

रिजन ढकाल by रिजन ढकाल
१ आश्विन २०८३, बिहीबार
A A
सुकुम्बासी नागरिकलाई लालपुर्जा वितरण गर्ने कार्य तिब्र बनाइयोस्ः रास्वपा सांसद चौधरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुरेशकुमार चौधरीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, मुक्तकमैया र कमलरीलगायतलाई लालपुर्जा वितरण गर्ने काम तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले बर्दियाबाट भूमिहीन सुकुम्बासीलाई जग्गा वितरणको काम सुरु हुनु सकारात्मक भए पनि उक्त कार्यले गति लिन नसकेको बताए।

उनले देशका सबै जिल्लामा रहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा मुक्तकमैयाको व्यवस्थापनको काम तीव्र बनाउन सरकारसँग माग गरे। बाँके जिल्लामा हजारौँको संख्यामा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या अझै समाधान हुन नसकेको उनले बताए।

उनले भने, ‘सभामुख महोदय, खुसीको कुरा भूमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गर्ने काम बर्दियाबाट सुरु भयो। हामीले सोचेका थियौँ, अब यो काम देशका ७७ वटै जिल्लामा सुरु हुन्छ। मेरो जिल्ला बाँकेमा हजारौँको संख्यामा सुकुम्बासी, अव्यवस्थित बसोबासी, बाढीपीडित लगायत मुक्तकमैया, कमलरी तथा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको समस्या अस्तव्यस्त रहेको छ। यसप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। समयमा सबैलाई समान ढंगबाट लालपुर्जा वितरण गर्न देशभर छिटोभन्दा छिटो काम अगाडि बढाइयोस्।’

चौधरीले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी नागरिकको अवस्था अस्तव्यस्त रहेको भन्दै यसतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए।

Previous Post

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रकार सम्मेलन (तस्बिरहरु)

Next Post

हिमालय क्षेत्रमा तापक्रम दुई गुणाले बढिरहेको छः हिमनदी विज्ञ खड्का

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In