• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

बीआरआई ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजनाः नारायणप्रसाद दाहाल

रिजन ढकाल by रिजन ढकाल
२ आश्विन २०८३, शुक्रबार
A A
बीआरआई ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजनाः नारायणप्रसाद दाहाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गरेका हुन् ।

दाहालले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको बताए । उहाँले करिब १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई आजको समयमा सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गरे ।

उहाँले बीआरआईलगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने बताए । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उनको भनाइ छ ।

दाहालका अनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको छ । चीन नेपालका लागि असल छिमेकीसँगै महत्वपूर्ण लगानीकर्ता तथा विकास साझेदारका रूपमा रहेको उहाँले बताए ।

दाहालले भने, ‘इतिहास तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यसलाई पढिन्छ र बुझिन्छ । एकअर्काको इतिहास बुझ्दा समाज र देशहरू सांस्कृतिक रूपमा अझ नजिक हुन्छन् । यो पुस्तक धेरैभन्दा धेरै नेपाली पाठक, विशेषगरी युवा पुस्तासम्म पुगेर नेपाल–चीन सम्बन्ध, बौद्ध धर्म र ताङ वंशसँग जोडिएको ऐतिहासिक सम्बन्ध बुझ्न सहयोग पुग्ने विश्वास लिएको छु । मित्र राष्ट्रहरूबीचको दिगो सम्बन्ध वर्तमान सहकार्यमा मात्र होइन, साझा इतिहास र परम्पराप्रतिको सम्मानमा पनि आधारित हुन्छ । सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको छ । पारस्परिक हित र सहकार्यका क्रममा व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ । चीन नेपालका लागि असल छिमेकी, महत्वपूर्ण लगानीकर्ता र विकास साझेदारका रूपमा स्थापित भएको छ । राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रका रूपमा अघि बढाउने तथा विश्वलाई जोड्ने उद्देश्यसहित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को अवधारणा अघि सार्नुभएको हो । ग्लोबल साउथका देशहरूबीच सहकार्य र साझा लाभका लागि यसले जोड दिएको छ । करिब १४ सय वर्षअघि चिनियाँ भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै नेपाल र भारतसम्म गरेको यात्रादेखि आजको सडक सञ्जालमार्फत विश्वलाई जोड्ने प्रयाससम्म हेर्दा इतिहास र वर्तमानबीच एउटा सुन्दर सम्बन्ध देखिन्छ । ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करणको प्रकाशनले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको छु । ह्वेनसाङका यात्रा–वृत्तान्त र नेपाली कलाकार अरनिकोले चीनमा सिर्जना गरेका कलाकृतिहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धको सेतुका रूपमा पुस्तौँपुस्तासम्म काम गरिरहनेछन् । नेपाल र चीनका जनताबीचको मित्रता आगामी पुस्ताहरूमा अझ गहिरो र सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दछु ।’

उहाँले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने बताए ।

Previous Post

विश्वमा शक्तिको हैकम चल्ने अवस्था अन्त्य हुनुपर्छः रघुजी पन्त

Next Post

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक (तस्बिरहरु)

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In