• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अस्ट्रेलिया सरकारले आप्रवासन घटाउन भिसा नियममा व्यापक परिवर्तन गर्ने

रिजन खड्का by रिजन खड्का
२ अशोज, २०८३
A A
अस्ट्रेलिया सरकारले आप्रवासन घटाउन भिसा नियममा व्यापक परिवर्तन गर्ने
0
SHARES
0
VIEWS

अस्ट्रेलिया सरकारले आप्रवासीको संख्या घटाउने उद्देश्यले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई दिइने भिसामा कडाइ गर्ने भएको छ ।

गृहमन्त्री टोनी बर्कले बिहीवार नेशनल प्रेस क्लबमा सम्बोधन गर्दै नयाँ आप्रवासन नियमहरू घोषणा गरेका हुन् । सरकारले चालु आर्थिक वर्षमा शुद्ध वैदेशिक आप्रवासनलाई २ लाख ४५ हजारमा सीमित गर्ने र सन् २०२७–२८ सम्ममा यसलाई २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको उहाँले बताए ।

यो घोषणा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको नयाँ तथ्यांक सार्वजनिक भएकै दिन भएको हो । तथ्यांकअनुसार मार्चसम्मको एक वर्षमा शुद्ध वैदेशिक आप्रवासनले अस्ट्रेलियाको जनसंख्यामा २ लाख ९२ हजार १०० जना थपेको छ । अघिल्लो १२ महिनामा यो संख्या ३ लाख ९ हजार ५०० थियो ।

नयाँ नियमअनुसार अस्ट्रेलियामा अध्ययन गर्न भिसा पाएका अन्तर्राष्ट्रिय विद्यार्थीले अब स्वतः आफ्ना परिवारका सदस्यलाई आफूसँगै ल्याउन पाउने छैनन् । सरकारी तथ्यांकअनुसार सन् २०२५–२६ मा अस्ट्रेलियाले कुल ३ लाख ३७ हजार ४२७ वटा विद्यार्थी भिसा जारी गरेको थियो । तीमध्ये ४५ हजार ९९१ वटा भिसा मुख्य आवेदकका आश्रित वा परिवारका सदस्यका लागि थिए ।

तर अस्ट्रेलियामा अध्ययन गरिरहेका र हालै आफ्नो भिसामा परिवारका सदस्य समावेश गरिसकेका विद्यार्थीलाई नयाँ नियमबाट छुट दिइनेछ । त्यस्तै, प्रशान्त क्षेत्र तथा आसियान देशका विद्यार्थी र पीएचडी विद्यार्थीहरू पनि यस परिवर्तनबाट प्रभावित नहुने बर्कले बताए ।

सरकारले एउटै देशमा लामो समय बस्नका लागि पटक–पटक अध्ययनको विषय वा कोर्स परिवर्तन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमाथि पनि निगरानी बढाउने भएको छ । बर्कका अनुसार नयाँ नियमले विद्यार्थीलाई अस्ट्रेलियामा बसाइ लम्ब्याउनका लागि उच्च तहको योग्यता हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने व्यवस्था गर्नेछ ।

त्यसैगरी, भिसाको अवधि सकिएपछि पनि अस्ट्रेलियामा बसिरहने व्यक्तिहरूको निगरानी तथा कानुनी कार्यान्वयनका लागि थप १०० जना अनुपालन अधिकारी नियुक्त गरिनेछ ।

दक्ष कामदारको भिसा आवेदन मूल्यांकन गर्ने क्रम पनि परिवर्तन गरिने भएको छ । निर्माण र कृषिलगायत कामदारको आवश्यकता बढी भएका क्षेत्रमा आवश्यक सीप भएका आप्रवासीलाई प्राथमिकता दिइने बर्कले बताए ।

सरकारले वर्किङ होलिडे भिसा कार्यक्रमलाई पनि पुनर्संरचना गर्दै दोस्रो र तेस्रो वर्षको भिसाका लागि ‘बलट’ अर्थात् छनोट प्रणाली लागू गर्ने भएको छ ।

हाल १२ महिनाको वर्किङ होलिडे भिसा पाएका व्यक्तिले क्षेत्रीय क्षेत्रमा ८८ दिन काम गरेपछि स्वतः दोस्रो वर्ष र त्यसपछि थप छ महिना क्षेत्रीय क्षेत्रमा काम गरेमा तेस्रो वर्षको भिसा पाउने व्यवस्था छ ।

नयाँ बलट प्रणालीअन्तर्गत दोस्रो वर्षको भिसाका लागि ४५ हजार र तेस्रो वर्षका लागि ५ हजार योग्य आवेदक छनोट गरिनेछ । सरकारका अनुसार सन् २०२५–२६ मा ५७ हजार जना दोस्रो वर्षको वर्किङ होलिडे भिसाका लागि योग्य भएका थिए भने ३१ हजार जना तेस्रो वर्षका लागि योग्य भएका थिए ।

Previous Post

रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा किएभमा १२ जना घाइते

Next Post

गाजामा युद्धविराम सुदृढीकरणबारे इजिप्ट र प्यालेस्टाइनका राष्ट्रपतिबीच छलफल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav