• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

भियतनामको कफी उत्पादन क्षेत्रलाई नयाँ आर्थिक अवसर दिँदै दुरीयान खेती

रिजन ढकाल by रिजन ढकाल
५ आश्विन २०८३, सोमबार
A A
भियतनामको कफी उत्पादन क्षेत्रलाई नयाँ आर्थिक अवसर दिँदै दुरीयान खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भियतनामको मध्य क्षेत्रस्थित डाक लक प्रान्त लामो समयदेखि कफी उत्पादनका लागि प्रसिद्ध छ। तर पछिल्लो समय यहाँका किसानहरू कफीबाट दुरीयान खेतीतर्फ पनि आकर्षित हुन थालेका छन्।

इआ तुल कम्युनअन्तर्गत थाई बिन्ह गाउँका किसान तुआन ताइ दुरीयानका रूखले ढाकिएको आफ्नो बगैँचामा फल पाके–नपाकेको जाँच गरिरहेका भेटिन्छन्। करिब चार दशकदेखि यही जमिनमा खेती गर्दै आएका ताइको परिवारले पहिले रबर, त्यसपछि कफी र अहिले दुरीयान खेती गर्दै आएको छ।

ताइका अनुसार उनको १० हेक्टर जमिनमा करिब २ हजार दुरीयानका रूख छन्। यस वर्ष करिब ३५० टन दुरीयान उत्पादन हुने र त्यसको झन्डै ७० प्रतिशत चीन निर्यात गर्ने उनको अपेक्षा छ।

डाक लक भियतनामको प्रमुख कफी उत्पादन क्षेत्र हो। यहाँ २ लाख १४ हजार हेक्टरभन्दा बढी क्षेत्रमा कफी खेती गरिन्छ र वार्षिक उत्पादन ५ लाख ३० हजार टनभन्दा बढी छ। तर अहिले दुरीयान खेती तीव्र गतिमा विस्तार भइरहेको छ।

यसको प्रमुख कारण चीनको बजार हो। सन् २०२२ मा भियतनाम र चीनबीच ताजा दुरीयान चीन निर्यात गर्न औपचारिक सम्झौता भएपछि किसानहरूले स्थिर बजार र मूल्य पाउने अवसर बढेको हो।

डाक लक प्रान्तमा दुरीयान खेतीको क्षेत्रफल सन् २०२२ मा करिब १५ हजार हेक्टर रहेकामा सन् २०२६ मा बढेर ४५ हजार हेक्टर पुगेको छ। सन् २०२६ मा यहाँ करिब ५ लाख टन दुरीयान उत्पादन हुने अनुमान गरिएको छ।

गत वर्ष डाक लकले भियतनामको कुल दुरीयान निर्यात आम्दानीमा करिब १ अर्ब १० करोड अमेरिकी डलर योगदान गरेको थियो। भियतनामको कुल दुरीयान निर्यात आम्दानी करिब ३ अर्ब ८६ करोड अमेरिकी डलर रहेको तथ्यांकमा उल्लेख छ।

भियतनामी सञ्चारमाध्यमका अनुसार चीनमा करिब ९ लाख ४० हजार टन दुरीयान निर्यात गरेपछि भियतनाम पहिलोपटक चीनको सबैभन्दा ठूलो दुरीयान आपूर्तिकर्ता बनेको छ। यस क्रममा भियतनामले लामो समयदेखि चीनको प्रमुख दुरीयान आपूर्तिकर्ता रहेको थाइल्यान्डलाई पछि पारेको हो।

डाक लक दुरीयान संघका अध्यक्ष ले आन चुङका अनुसार दुरीयान खेतीको भविष्य कफीलाई पूर्ण रूपमा विस्थापित गर्नुमा नभई कृषिलाई थप विविध र दिगो बनाउनुमा रहेको छ।

दुरीयानको बढ्दो मागसँगै प्रशोधन र निर्यात गर्ने व्यवसाय पनि विस्तार हुँदै गएको छ। सन् २०२२ मा स्थापना भएको भियतनाम ००१ फ्रुट कम्पनी लिमिटेडले हालसम्म २ हजारभन्दा बढी कन्टेनर दुरीयान निर्यात गरिसकेको र यसको मूल्य २३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी पुगेको जनाएको छ।

कम्पनीका उत्पादन चीनका कुनमिङ, ग्वाङ्झाउ, सांघाई र बेइजिङलगायत विभिन्न शहरका उच्चस्तरीय सुपरमार्केटदेखि थोक बजारसम्म पुगिरहेका छन्।

कम्पनीकी निर्देशक गुएन थी मी जुयीले ताजा दुरीयानको बजार कहिलेकाहीँ सन्तृप्त भएमा प्रशोधित उत्पादनमा जोड दिने बताइन्। उनका अनुसार दुरीयानबाट केक, दूध, आइसक्रिम, सुक्खा दुरीयानलगायत विभिन्न खाद्य पदार्थ उत्पादन गरेर यसको मूल्य थप बढाउने योजना छ।

यसरी कफीका लागि प्रसिद्ध डाक लकमा दुरीयान खेती किसानका लागि नयाँ आम्दानीको स्रोत बन्दै गएको छ भने चीनको विशाल बजारले भियतनामको दुरीयान उद्योगलाई तीव्र विस्तारको अवसर दिएको छ।

Previous Post

पूर्वी सिरियामा सैन्यस्थलमा विस्फोट हुँदा ११ सैनिकको मृत्यु

Next Post

एमाले सचिवालय बैठकः कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रिय कमिटीमा लैजाने निर्णय

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In