• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इजिप्टका राष्ट्रपति सिसी र सीआईए प्रमुख र्याट्क्लिफबीच क्षेत्रीय मुद्दाबारे छलफल

रिजन खड्का by रिजन खड्का
५ अशोज, २०८३
A A
इजिप्टका राष्ट्रपति सिसी र सीआईए प्रमुख र्याट्क्लिफबीच क्षेत्रीय मुद्दाबारे छलफल
0
SHARES
0
VIEWS

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का निर्देशक जोन र्याट्क्लिफबीच आइतबार भेटवार्ता भएको छ।

भेटमा इरान, गाजा, सुडान, सोमालिया तथा हर्न अफ अफ्रिकाका पछिल्ला घटनाक्रमबारे छलफल भएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

इरानका विषयमा सिसीले इरान संकट समाधान गर्ने व्यापक सम्झौताको प्रयासलाई समर्थन गर्दै त्यसले क्षेत्रीय सुरक्षा तथा स्थिरता पुनःस्थापित गर्न र अन्तर्राष्ट्रिय जलमार्गमा आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न सहयोग पुग्ने बताएका छन्।

सिसीले गाजामा युद्धविरामलाई मजबुत बनाउने अमेरिकी प्रस्तावित योजनाको दोस्रो चरण पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले सर्वसाधारणको सुरक्षा तथा गाजामा पर्याप्त र अवरोधरहित मानवीय सहायता पुर्‍याउनुपर्ने बताए।

उनले फिलिस्तीनी मुद्दाको निष्पक्ष र व्यापक समाधानका लागि राजनीतिक प्रक्रिया पुनः सुरु गर्न आवश्यक वातावरण बनाउन पनि आह्वान गरेका छन्। यस्तो समाधान अन्तर्राष्ट्रिय प्रस्तावहरू तथा दुई–राष्ट्र समाधानमा आधारित हुनुपर्ने उनको भनाइ थियो।

सुडानका विषयमा सिसीले देशको एकता, स्थिरता र राष्ट्रिय संस्थाहरूको संरक्षणप्रति इजिप्टको समर्थन दोहोर्‍याएका छन्। उनले सुडानको सार्वभौमिकता, एकता र क्षेत्रीय अखण्डता अपरिवर्तनीय सिद्धान्त भएको बताए।

सोमालिया तथा हर्न अफ अफ्रिकाको अवस्थाबारे पनि छलफल भएको थियो। सिसीले सोमालियाको सुरक्षा र स्थिरताप्रति इजिप्टको समर्थन दोहोर्‍याउँदै उसको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि कुनै पनि हस्तक्षेपको विरोध गरेका छन्।

र्याट्क्लिफले गाजामा युद्धविराम सम्झौता गराउन इजिप्टले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे। उनले क्षेत्रीय स्थिरता र शान्ति प्रक्रियालाई अघि बढाउन इजिप्टले गरिरहेको निरन्तर प्रयासको पनि सराहना गरे।

दुवै पक्षले सुडान, सोमालिया, हर्न अफ अफ्रिका र अन्तर्राष्ट्रिय समुद्री सुरक्षालगायत क्षेत्रीय सुरक्षा विषयमा निरन्तर समन्वय गर्ने विषयमा पनि छलफल गरेका छन्।

भेटवार्तामा सीआईए र इजिप्टको जनरल इन्टेलिजेन्स सर्भिसबीच सुरक्षा, गुप्तचर, आतंकवादविरोधी अभियान तथा संगठित र सीमापार अपराध नियन्त्रणमा सहकार्यका विषय पनि समेटिएका थिए।

Previous Post

स्लोभाकियामा सन् १९३१ यताकै तेस्रो सबैभन्दा तातो गर्मीयाम

Next Post

कृषि अनुसन्धानलाई किसानको खेतसँग जोड्न रास्वपा सांसदहरूको जोड, नार्कको कार्यशैलीप्रति असन्तुष्टि

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav