• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पूर्वाधार समितिमा सांसदहरूको प्रश्नः ‘पीडितलाई राहतको साटो बैंकको ताकेता ?’

रिजन खड्का by रिजन खड्का
५ अशोज, २०८३
A A
पूर्वाधार समितिमा सांसदहरूको प्रश्नः ‘पीडितलाई राहतको साटो बैंकको ताकेता ?’
0
SHARES
0
VIEWS

सांसदहरूले भोटेकोशी बाढीपछि मुलुकको पुनर्निर्माण र विपद् व्यवस्थापनमा विद्यमान कानुनी तथा प्रशासनिक अवरोधबारे प्रश्न उठाएका छन्।

सिंहदरबारमा बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सार्वजनिक खरिद ऐनका प्रावधान, दुर्गम क्षेत्रका सडकमा व्याप्त सास्ती र बाढीबाट पीडित यातायात व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले गरिरहेको ताकेताबारे सरकारको तत्काल ध्यानाकर्षण गराएका हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले मुलुकको पुनर्निर्माण प्रक्रियामा विद्यमान सार्वजनिक खरिद ऐनका प्रावधान बाधक बनेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले निर्माण कार्यलाई तीव्रता दिन विशेष कानुनी निर्णय आवश्यक रहेको जिकिर गरे।

सिंहदरबारमा आयोजित पूर्वाधार विकास समितिको बैठकमा सम्बोधन गर्दै सांसद शर्माले रसुवा तथा पश्चिम नेपालमा भूकम्पलगायतका विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण कार्य कछुवा गतिमा रहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले विकास निर्माणका काममा विद्यमान कानुनी जटिलता र लामो प्रक्रिया नै ढिलाइको मुख्य कारक रहेको दाबी गरे।

पुनर्निर्माणको गति बढाउन सांसद शर्माले सरकारलाई दुईवटा मुख्य विकल्प सुझाएका छन्।

शर्माले भने, ‘हाम्रा कानुनी झन्झट र निर्माण प्रक्रियाले पुनर्निर्माणको कामलाई निकै ढिलो बनाइरहेको छ । यदि हामी परम्परागत सार्वजनिक खरिद प्रक्रियामा मात्रै सीमित रह्यौँ भने काम थप पछाडि धकेलिने निश्चित छ । जनतालाई सहभागिता गराएर काम गर्दा पुनर्निर्माण छिटो र प्रभावकारी हुन सक्छ । सरकारले छिटो काम गर्ने र जिम्मेवार बनाउने गरी आवश्यक नीतिगत निर्णय लिनुपर्छ ।’

दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउन सडकको दुरावस्थाले अवरोध सिर्जना गरेको भन्दै श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सडकमा तत्काल उद्धार टोली (इमर्जेन्सी रेस्पोन्स) परिचालन गर्न सरकारसँग माग गरे।

सांसद लिम्बूले दुर्गमका सडक खण्डमा राहत बोकेका सवारीसाधनहरू दिनभरि बाटोमै अलपत्र पर्ने गरेको र बाटोको अवरोधका कारण बास नै बस्नुपर्ने अवस्था रहेको जानकारी दिए।

सडकको स्तरोन्नति नहुँदासम्मका लागि ठाउँ–ठाउँमा डोजर, रोलर र जनशक्तिसहितको तत्काल प्रतिकार्य टोली तैनाथ राख्नुपर्ने आवश्यकता उनले औँल्याए।

सांसद लिम्बूले तुइनको जोखिम र त्यसले सर्वसाधारणलाई दिइरहेको सास्तीबारे पनि गम्भीर ध्यानाकर्षण गराए। रसुवाको उत्तरगयादेखि नुवाकोट जोड्ने क्षेत्रलगायतका स्थानमा तुइन चढ्न दिनभरि पालो कुर्नुपर्ने र अन्त्यमा फर्किनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

तुइन विस्थापन गर्ने सरकारी योजना ढिलो हुने भन्दै उनले दीर्घकालीन पूर्वाधार नबन्दासम्मका लागि वैकल्पिक अल्पकालीन व्यवस्था गर्न मन्त्रालयलाई ध्यानाकर्षण गराए।

उनले भने, ‘हामी ठूला पूर्वाधारको कुरा गरिरहेका छौं, तर ग्राउन्ड रियालिटीमा जनताले राहत ढुवानीमै सास्ती भोगिरहेका छन् । तत्कालका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राख्नुपर्छ ।’

स्थानीयको माग र स्थलगत यथार्थलाई ध्यानमा राखेर मन्त्रालयमार्फत थप विकल्पहरूको खोजी गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीले बाढी र पहिरोका कारण आफ्नो सवारीसाधन र जीवन गुमाएका यातायात व्यवसायीका परिवारलाई बैंक तथा वित्तीय संस्थाले किस्ता तिर्न दबाब दिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले शोकाकुल परिवारमाथि बैंकबाट भइरहेको ताकेता अविलम्ब रोक्न माग गरे। सांसद कार्कीले बाढीका कारण कैयौँ व्यवसायीले आफ्नो जीवन गुमाएको र कतिपयले आफ्नो एकमात्र आयस्रोत सवारीसाधन गुमाएको अवस्थामा बैंकले गरिरहेको ताकेता अमानवीय भएको टिप्पणी गरे।

पूर्वाधार विकास समितिको बैठकमा यो विषयलाई गम्भीरताका साथ उठाउँदै उनले सरकारबाट ठोस राहत र स्पष्ट नीतिगत निर्णयको माग गरे। बाढीपीडित व्यवसायीहरूले आफूसमक्ष राखेका गुनासोलाई उद्धृत गर्दै उनले सरकारले बैंकहरूसँग समन्वय गरी ऋण असुली प्रक्रियालाई निश्चित समयका लागि ‘होल्ड’ गरिदिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘कतिपय चालक स्वयं साहु हुनुहुन्थ्यो, जो अब यो संसारमा हुनुहुन्न । उहाँहरूको परिवार अहिले शोकमा छ, तर बैंकबाट किस्ताका लागि फोन र ताकेता आउन थालिसकेको छ । यसले पीडित परिवारलाई झन् मानसिक तनाव दिइरहेको छ । जसको कमाइखाने साधन नै बगेर गयो, जो व्यक्तिले त्यो ऋणको जिम्मा लिनुपथ्र्यो, उनीहरू नै रहेनन् भने उनीहरूको परिवारले कसरी ऋण तिर्न सक्छ ? बैंकलाई केही समयका लागि किस्ता वा ब्याज असुली रोक्न सरकारले किन निर्देशन नदिने ?’

सरकारले बाढीपीडित व्यवसायीको सुरक्षा र बैंकको ताकेताबाट मुक्ति दिलाउन के निर्णय गर्दैछ भन्नेबारे स्पष्ट पार्न पनि उनले आग्रह गरे।

बाढीले ठूलो संख्यामा सवारीसाधन बगाउँदा यातायात क्षेत्र नै प्रभावित बनेको र व्यवसायीहरू आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुगेको भन्दै उनले राज्यले अभिभावकीय भूमिका निभाउनुपर्ने बताए।

Previous Post

बाढी प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र दीर्घकालीन सडक मर्मतलाई तिब्रताः सडक विभाग

Next Post

बाढीपछिको पुनर्निर्माणका लागि ४.७७ अर्ब अमेरिकी डलर आवश्यकः प्राधिकरण

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav