• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘नेतृत्व परिवर्तन मात्र होइन, समग्र पार्टी पुनर्गठनको लक्ष्य हो’–ऐन महर

रिजन खड्का by रिजन खड्का
५ अशोज, २०८३
A A
‘नेतृत्व परिवर्तन मात्र होइन, समग्र पार्टी पुनर्गठनको लक्ष्य हो’–ऐन महर
0
SHARES
0
VIEWS

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सोमबारदेखि सुरु भएको छ।

महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको बैठकमा पार्टीको आन्तरिक पुनर्गठन, नीतिगत सुधार र समसामयिक राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाका विषयमा छलफल सुरु भएको हो।

नेतृत्व परिवर्तनको चर्चालाई ‘अफवाह’ भन्दै एमालेले पार्टीलाई समग्र रूपमा नयाँ उचाइमा पुर्‍याउने कार्यभार बैठकको मुख्य एजेन्डा भएको स्पष्ट पारेको छ।

नेकपा एमालेका सचेतक ऐनबहादुर महरका अनुसार पार्टीको सचिवालयले यसअघि नै निर्वाचनको समीक्षा र पुनर्गठनका सन्दर्भमा सुझाव सङ्कलनको प्रक्रिया थालिसकेको छ।

अहिले सुरु भएको केन्द्रीय कमिटी बैठकले पार्टीलाई लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहका रूपमा सुदृढ गर्दै देशका वर्तमान कार्यभार पूरा गर्न सक्ने गरी सशक्त बनाउने लक्ष्य लिएको महरले बताए।

तीन दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यले आफ्ना विचार राख्ने अवसर पाउने र त्यसबाट पार्टीलाई एकताबद्ध बनाउने ठोस निष्कर्ष निस्कने विश्वास नेतृत्वले लिएको छ।

पार्टीभित्र र बाहिर नेतृत्व परिवर्तनका विषयमा फैलाइएका विभिन्न हल्लाप्रति लक्षित गर्दै महरले भने, ‘यो केवल नेतृत्व पुनर्गठनको विषय होइन। हामी पार्टीको नीति, व्यवहार र कार्यशैलीमा व्यापक सुधार गर्दै जनअपेक्षाअनुरूपको सुदृढ सङ्गठन निर्माण गर्ने दिशामा छौँ। हाम्रो पार्टी विधि र पद्धतिबाट चल्छ। हामी छलफलमा खुला छौँ, निर्णय प्रक्रियामा सामूहिक छौँ र कार्यान्वयनमा एकताबद्ध छौँ।’

एमालेमाथि भइरहेको राजनीतिक आक्रमणलाई चिर्न राष्ट्रिय शक्तिहरूको ध्रुवीकरण र लोकतन्त्रको रक्षाका लागि यो बैठक ‘कोसेढुङ्गा’ साबित हुने महरको दाबी छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको सम्बोधनले पनि कार्यदलको प्रतिवेदन र पार्टी रूपान्तरणको विषयलाई उच्च प्राथमिकतामा राखेको छ।

विपक्षीहरूको घेराबन्दीलाई चिर्दै एकताबद्ध एमाले निर्माण गर्ने र राष्ट्रिय मुद्दामा अडिग रहने सङ्कल्पका साथ बैठक अघि बढेको छ।

Previous Post

राहत र पुनःस्थापनामा ढिलाई गरेर प्रभावित बाढीपीडित नागरिकलाई अन्योलमा नराखियोस्ः सचेतक धिताल

Next Post

पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः अध्यक्ष ओली

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav