• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए

रिजन खड्का by रिजन खड्का
६ अशोज, २०८३
A A
पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए
0
SHARES
0
VIEWS

पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा रहेका लडाकुहरूको अखडालाई लक्षित गरी गरेको हवाई आक्रमणमा २८ जना लडाकु मारिएको दाबी गरेको छ । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार सोमबार गरिएको यस कारबाहीमा एक आत्मघाती बमवर्षक तालिम केन्द्रसहित तीनवटा महत्वपूर्ण अखडा ध्वस्त भएका छन् ।

पाकिस्तानी सुरक्षा निकायले प्राप्त गरेको विश्वसनीय गुप्तचर सूचनाका आधारमा कारबाही अघि बढाइएको मन्त्रालयले जनाएको छ । मारिनेहरूमा धेरै आत्मघाती हमलाकारीसमेत रहेको दाबी गरिएको छ । हवाई आक्रमणका क्रममा लडाकु समूहले लुकाएर राखेको ठूलो परिमाणको हातहतियार तथा गोलाबारुदसमेत नष्ट भएको बताइएको छ ।

हवाई कारबाहीका अतिरिक्त पाकिस्तानले उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तका कोहाट, हङ्गु र थल क्षेत्रमा विशेष स्थलगत सैन्य अपरेसन पनि सञ्चालन गरेको छ । हालैका दिनमा सो क्षेत्रमा लडाकु समूहबाट भएका शृंखलाबद्ध आक्रमणको प्रतिशोधस्वरूप यो कारबाही गरिएको हो ।

स्थलगत कारबाहीमा थप ९ जना लडाकु मारिएको र केही घाइते भएको सरकारी स्रोतले जनाएको छ । नागरिक हताहतीको प्रश्नमा मन्त्रालयले कारबाहीका क्रममा सर्वसाधारणको ज्यान नजाओस् भन्ने कुरामा पूर्ण सावधानी अपनाइएको दाबी गरेको छ ।

पाकिस्तान क्षेत्रीय शान्ति र स्थायित्वका लागि प्रतिबद्ध रहेको बताउँदै आफ्ना नागरिकको सुरक्षा नै राज्यको सर्वोच्च प्राथमिकता भएको मन्त्रालयले पुनः दोहोर्‍याएको छ ।

यता, अफगानिस्तान सरकारका प्रवक्ताले पाकिस्तानद्वारा गरिएको हवाई आक्रमणको पुष्टि गरेका छन् । तर, पाकिस्तानी दाबीविपरीत अफगान पक्षले उक्त आक्रमणमा तीन जना सर्वसाधारणको समेत मृत्यु भएको जनाएको छ ।

Previous Post

अफगानिस्तानमा साढे १२ करोड बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

Next Post

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु)

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav