• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न

रिजन ढकाल by रिजन ढकाल
६ आश्विन २०८३, मंगलवार
A A
त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकले आत्मदाह गरेको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको बताएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दुःख व्यक्त गर्दै प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सचेतक धितालले त्रिपुरेश्वर क्षेत्रमै यसअघि भएको गणेश नेपालीको आत्मदाह र हालैको अर्जुन दोङको घटनाले सडक सुरक्षाको पाटोलाई थप संवेदनशील बनाएको बताइन् । उनले प्रहरीले चालक र नागरिकसँग गर्ने व्यवहारबारे प्रश्न उठाइन् ।

उनले भनिन्, ‘आत्महत्या वा आत्मदाहलाई महिमामण्डन गर्ने मेरो उद्देश्य होइन, तर यी दुई घटनाले हाम्रो सडक सुशासन र प्रहरीको व्यवहारमा सुधारको आवश्यकतालाई स्पष्ट संकेत गरेका छन् । वर्दी लगाएका राष्ट्रसेवकहरूप्रति उच्च सम्मान छ, तर सडकमा चालकसँग गरिने व्यवहार वा पोलिसिङ गर्ने शैलीमा कतै गम्भीर समस्या त छैन ? यदि तालिममा खोट छ भने त्यसलाई तत्काल बदल्नुपर्छ, अन्यथा यस्ता दुःखद् घटनाको सिलसिला रोकिने छैन ।

हजारौँ यात्रुको जीवन बोकेर हिँड्ने चालकहरूको आत्मसम्मान, तलब–सुविधा, कामको घण्टा र मानसिक स्वास्थ्यमा राज्यको ध्यान पुगेको छ त ? न्यून तलब र अपमानजनक व्यवहारले उनीहरूमा मानसिक विचलन आउनु स्वाभाविक छ । केवल चालकलाई दोष थोपरेर समस्याको समाधान निस्कँदैन ।’

मनोसामाजिक क्षेत्रको विज्ञतासमेत रहेकी धितालले चालकको जीवनसँग जोडिएका आर्थिक र मानसिक पक्षलाई राज्य तथा व्यवसायीले बेवास्ता गर्दा यस्ता परिणाम आउन सक्नेतर्फ सचेत गराइन् ।

उनले सरकार, यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई आ–आफ्नो कार्यशैलीबारे निर्मम समीक्षा गर्न आग्रह गरिन् । उनले मृतक अर्जुन दोङ र गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्ता घटना दोहोरिन नदिन ठोस नीतिगत सुधारको माग गरिन् ।

Previous Post

त्रिपुरेश्वर बस आगलागी घटनाः न्यायिक छानबिनको माग गर्दै नेकपाद्वारा संसदमा सरकारको आलोचना

Next Post

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In