काठमाडौँ । रसुवामा आएको बाढीपहिरोपछि नेपाली सेनाको एआई–१७ हेलिकप्टर मेडिकल टोलीसहित बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।
चीनको तिब्बततर्फबाट आएको बाढीपहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। यद्यपि, हालसम्म क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन।
प्रहरीका अनुसार बाढीपहिरोका कारण रसुवाका कम्तीमा तीनवटा प्रहरी चौकीमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेकाले थप क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
