• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले रोजगारदाताले कामदार र कामदारले रोजगारी नपाउने समस्याको अन्त्य गर्ने गरी काम अघि बढाएको बताएका छन् ।

बुधवार मन्त्रालयमा सीप तथा रोजगार मेलाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच रहेको ‘मिसम्याच’ अन्त्य गर्ने गरी काम अघि बढाएको बताए ।

रोजगारदाता र श्रमिकलाई एउटै प्लेटफर्ममा जोड्ने गरी सरकारले ‘जब म्याचिङ’ प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरेको उनले बताए । चालु वर्ष एक लाख व्यक्तिलाई ‘जब म्याचिङ’मार्फत रोजगारीमा जोड्ने लक्ष्य रहेको उनको भनाइ छ ।

मन्त्री यादवले विगतमा मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगारीमा बढी केन्द्रित रहेको भए पनि अहिले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले नीतिगत तथा कार्यक्रमगत सुधार अघि बढाइएको उनको भनाइ छ ।

उनले २०७१ सालमा राष्ट्रिय रोजगार नीति बने पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माण हुन नसकेको बताए । सोही कारण आन्तरिक रोजगारीको क्षेत्रमा अपेक्षित काम हुन नसकेको उनको भनाइ छ ।

आन्तरिक रोजगारी सिर्जनाका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधारका योजना अघि बढाएको उनले बताए । राष्ट्रिय रोजगार नीति, २०८३ को मस्यौदामा सबै सम्बन्धित मन्त्रालयबाट सैद्धान्तिक सहमति लिइसकेको र अब मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उनले जानकारी दिए । त्यसैगरी राष्ट्रिय रोजगार ऐनसम्बन्धी प्रस्ताव पनि सहमतिका लागि मन्त्रिपरिषद्मा पठाउने उनले बताए ।

मन्त्रालयले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ रोजगारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘अहिले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीचको मिसम्याच छ । रोजगारदाताले कामदार भेट्दैन र कामदारले रोजगारदाता भेट्दैन । यी दुईटाबीचको मिसम्याचलाई हामीले एउटा प्लेटफर्म बनाउनुपर्छ, जहाँ दुवैजना भेटिऊन् र एक–अर्काको आवश्यकताअनुसार पदपूर्ति होस् भन्ने अठोट गरेर मन्त्रालयले काम गरिरहेको छ ।

हाम्रो मन्त्रालयमा सम्पूर्ण कामकाजहरू वैदेशिक रोजगारीतिर फोकस्ड थियो र अहिले पनि छँदैछ, त्यो पनि त्यत्तिकै महत्वपूर्ण हो । साथै, आन्तरिक रोजगारी जुन उपेक्षित भएर बसेको थियो, त्यसलाई हामीले रिभाइभ गर्न खोजेका हौँ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न युवाहरूलाई आफ्नै देशमा अवसरको खोजी होस् भन्ने भिजनका साथ हामीले काम गर्न सुरु गरेका छौँ ।

तर विडम्बना मैले के पाएँ भने २०७१ सालमा राष्ट्रिय रोजगार नीति बन्यो । तर त्यो नीतिलाई कार्यान्वयन गर्नका लागि ऐन, नियमावली, कार्यविधि र निर्देशिका कुनै पनि छैन । त्यही भएर यति मात्रै भन्न सक्छु कि आन्तरिक रोजगारीमा खासै काम नभएको हो ।

तर हामीले गर्नुपर्छ, युवाहरूको आस र जनताको माग के हो भने आन्तरिक रोजगारी हुनुपर्छ । आफ्नै देशमा, आफ्नै माटोमा रोजगारी र स्वरोजगारी दुवै हुने वातावरण बनाइदिनुपर्छ । यो सरकारको काम हो । त्यही अनुरूप हामीले स्वदेशमै रोजगारीको अवसर भेटियोस् भनेर केही कार्यक्रम र नीतिगत सुधारहरू गर्दैछौँ ।

हामीले सम्पूर्ण लाइन मिनिस्ट्रीहरूबाट राष्ट्रिय रोजगार नीति, २०८३ को सैद्धान्तिक सहमति लिएर अब क्याबिनेट पठाउने तयारी गरिरहेका छौँ । त्यस्तै राष्ट्रिय रोजगार ऐन बनाउनेतिर पनि हामी काम गर्दैछौँ र राष्ट्रिय रोजगार ऐनको सहमतिका लागि क्याबिनेट पठाउने तयारी गरिरहेका छौँ ।

साथसाथै हामीले १२ वटा फ्ल्यागसिप कार्यक्रम तथा रोजगारीका कार्यक्रमहरू यसै वर्ष लञ्च गर्ने गरी तयारी गरेका छौँ । रोजगारी सिर्जनाका लागि ‘जब म्याचिङ’मार्फत यही वर्ष एक लाख व्यक्तिलाई रोजगारीमा जोड्नेछौँ भनेर प्रधानमन्त्रीसामु कार्यसम्पादन सम्झौता गरेका छौँ । त्यसैलाई कार्यान्वयन गर्न पहिलोपटक सीप तथा रोजगार मेला गर्न लागेको हो । मन्त्रालयकै इतिहासमा सम्भवतः सीप तथा रोजगार मेला यो पहिलोपटक हो ।’

आन्तरिक रोजगारी सिर्जना र रोजगारदाता तथा श्रमिकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न पहिलोपटक सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको पनि मन्त्री यादवले जानकारी दिए । तीनवटै तहका सरकार र निजी क्षेत्रको सहयोगमा हरेक वर्ष सीप तथा रोजगार मेला आयोजना गर्ने उनको भनाइ छ । मेलालाई सातवटै प्रदेशमा विस्तार गर्ने पनि उनले बताए ।

Previous Post

वित्तीय प्रविधिमा क्रान्तिः भुक्तानी तथा फर्स्यौट ऐन संशोधनमार्फत आधुनिक अर्थतन्त्रको जग

Next Post

संक्रामक पशु रोग नियन्त्रण विधेयकः किसानलाई क्षतिपूर्ति र रोगको प्रभावकारी व्यवस्थापनमा सांसदहरूको जोड

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In