• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

संक्रामक पशु रोग नियन्त्रण विधेयकः किसानलाई क्षतिपूर्ति र रोगको प्रभावकारी व्यवस्थापनमा सांसदहरूको जोड

रिजन ढकाल by रिजन ढकाल
७ आश्विन २०८३, बुधबार
A A
संक्रामक पशु रोग नियन्त्रण विधेयकः किसानलाई क्षतिपूर्ति र रोगको प्रभावकारी व्यवस्थापनमा सांसदहरूको जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सांसदहरूले संक्रामक रोगबाट ग्रामीण अर्थतन्त्र जोगाउन, पशु स्वास्थ्य प्रणालीलाई वैज्ञानिक बनाउन र महामारीका बेला किसानलाई समयमै उचित क्षतिपूर्ति उपलब्ध गराउने स्पष्ट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

छलफलमा भाग लिँदै रास्वपाका सांसद अशोककुमार चौधरीले विगत तीन वर्षमा बर्ड फ्लु, लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर जस्ता रोगका कारण किसानले करिब ७५ अर्ब ५२ करोड रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै रोगको पहिचान र नियन्त्रणको गति एकै हुनुपर्नेमा जोड दिए ।

उनले सातै प्रदेशमा आधुनिक प्रयोगशाला स्थापना र पशु तथा मानव स्वास्थ्यको अन्तरसम्बन्ध बुझ्न ‘एक स्वास्थ्य’ अवधारणा लागू गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेकपाका सांसद रमेशकुमार मल्लले संक्रामक रोग नियन्त्रणलाई अन्तर्राष्ट्रिय बजार विस्तारको रणनीतिक पक्षसँग जोड्नुपर्ने बताए । उनले रोगमुक्त क्षेत्र विस्तार, सीमामा प्रभावकारी क्वारेन्टाइनको व्यवस्था र बीमा भुक्तानीमा हुने ढिलाइ अन्त्य गर्न माग गरे । रोग फैलिएपछि नियन्त्रण गर्नुभन्दा रोग प्रवेश गर्न नदिने प्रणालीमा लगानी आवश्यक रहेको उनको जिकिर छ ।

नेपाली काँग्रेसकी सांसद गंगालक्ष्मी अवालले कानुन कार्यान्वयनमा वडा तहसम्मै प्राविधिक पहुँच सुनिश्चित हुनुपर्ने र स्थानीय तहमा अधिकार तथा बजेटको स्पष्ट बाँडफाँड हुनुपर्ने बताइन् ।

उनले क्षतिपूर्तिको प्रक्रिया ढिलो हुँदा किसान मारमा पर्ने गरेको भन्दै तत्काल वैज्ञानिक मूल्याङ्कनका आधारमा राहत वितरण गर्नुपर्नेमा जोड दिइन् ।

सांसदहरूले सरकारी संयन्त्रले किसानमा विश्वास जगाउने गरी काम गर्नुपर्ने र प्रशासनिक झन्झट हटाउनुपर्नेमा एकमत देखिएका छन् ।

Previous Post

रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव

Next Post

जाडोयाममा लोडसेडिङ हुन दिन्नौँः कार्यकारी निर्देशक श्रेष्ठ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In