• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

जनकपुरधाममा फोहरको समस्या गम्भीर, धार्मिक पर्यटक प्रभावित

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
जनकपुरधाममा फोहरको समस्या गम्भीर, धार्मिक पर्यटक प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । मधेस प्रदेशको राजधानी तथा प्रमुख धार्मिक पर्यटकीय गन्तव्य जनकपुरधाममा फोहर व्यवस्थापनको समस्या बढ्दै गएको छ। सहरका विभिन्न सडक, चोक र सार्वजनिक स्थानमा फोहर थुप्रिँदा दुर्गन्ध फैलिएको छ भने यसको असर पर्यटक तथा स्थानीयको दैनिक जीवनमा समेत परेको छ।

भगवान राम र माता जानकीसँग सम्बन्धित धार्मिक तथा ऐतिहासिक स्थलका कारण जनकपुरधाममा वर्षभरि ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक आउने गर्छन्। छिमेकी भारतबाट आउने पर्यटकको संख्या पनि उल्लेख्य रहेको स्थानीयहरू बताउँछन्।

तर सहरका कतिपय क्षेत्रमा सडक छेउ र सार्वजनिक स्थलमा थुप्रिएको फोहरका कारण पर्यटकलाई असहज हुने गरेको छ। दुर्गन्ध र लामखुट्टेको समस्याले पनि सार्वजनिक स्थानको वातावरण प्रभावित भएको स्थानीयको गुनासो छ।

मुख्य चोकदेखि भित्री सडकसम्म फोहर

जानकी चोक, अस्पताल रोड, मुरली चोक, पिडारी चोक, रामानन्द चोक, जनक चोक र भानुचोकलगायत सहरका व्यस्त क्षेत्रमा फोहर देखिने गरेको स्थानीयहरू बताउँछन्।

मुख्य सडकको तुलनामा भित्री बस्ती तथा सडकहरूमा सरसफाइको अवस्था अझ कमजोर रहेको उनीहरूको भनाइ छ। लामो समयसम्म फोहर व्यवस्थापन हुन नसक्दा दुर्गन्धसँगै लामखुट्टेको समस्या पनि बढेको बताइएको छ।

यसले धार्मिक स्थल घुम्न तथा सहरमा केही समय बिताउन आउने आगन्तुकको अनुभवमा असर पार्न सक्ने स्थानीयको चिन्ता छ।

वर्षौंदेखिको समस्या

जनकपुरधाम–१० का स्थानीय संजयकुमार कर्णका अनुसार सहरको फोहर व्यवस्थापनको समस्या नयाँ होइन। उनका अनुसार उपमहानगरपालिकाले सरसफाइका लागि कर्मचारी र आवश्यक सवारीसाधन परिचालन गर्दै आए पनि नागरिकको व्यवहारमा परिवर्तन नआएसम्म समस्या पूर्ण रूपमा समाधान गर्न कठिन छ।

उनका अनुसार घरबाट निस्कने फोहर तोकिएको समयमा संकलन गर्ने व्यवस्था भए पनि कतिपय नागरिकले संकलनको समय कुर्नुको सट्टा सडक तथा सार्वजनिक स्थानमा फोहर फाल्ने गरेका छन्।

कर्णले फोहर संकलन गर्ने सवारीसाधन आफ्नो क्षेत्रमा पुग्ने समयबारे नागरिकले जानकारी राखेर त्यही समयमा घरको फोहर हस्तान्तरण गर्न सके समस्या कम गर्न सकिने बताए।

नागरिकको भूमिका पनि महत्वपूर्ण

स्थानीयहरूका अनुसार जनकपुरधामलाई स्वच्छ राख्न स्थानीय सरकारको सरसफाइ अभियानसँगै नागरिकको जिम्मेवारी पनि उत्तिकै आवश्यक छ।

घरबाट निस्कने फोहर जथाभावी सडकमा फाल्ने प्रवृत्ति रोक्ने, संकलनको समय पालना गर्ने र सार्वजनिक स्थान सफा राख्ने बानी विकास गर्न सके सहरको सरसफाइमा सुधार ल्याउन सकिने उनीहरूको धारणा छ।

धार्मिक पर्यटनका लागि महत्वपूर्ण जनकपुरधाममा सरसफाइ र फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन सके सहरको सौन्दर्यसँगै पर्यटकको बसाइ र समग्र पर्यटन वातावरणमा समेत सकारात्मक प्रभाव पर्न सक्ने स्थानीयको अपेक्षा छ।

Previous Post

बालेनको यूएन सम्बोधनअघि नागरिक समाजका १७ प्रतिनिधिको सुझाव, जलवायु न्यायमा जोड

Next Post

पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध, दुवैतर्फको आवागमन रोकियो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In