• About
  • Advertise
  • Careers
  • Contact
Sunday, September 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

विपद् प्रभावितको गोपनीयता र मर्यादा रक्षा गर्न मन्त्री वादीको अपिल

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
बाढी प्रभावित बालबालिका तथा जोखिममा रहेका वर्गको दीर्घकालीन संरक्षणमा सरकारः मन्त्री वादी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै मन्त्री वादीले यस्तो आग्रह गरेकी छन् । उहाँले राहत वितरणका नाममा पीडितको अनुमतिविना तस्बिर वा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने कार्यलाई रोक्न आग्रह गर्दै बालबालिकाको अधिकार र सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएकी छन् ।

मन्त्री वादीले हालसम्म बाढीका कारण प्रभावित ६ हजार ४५९ जनाले मनोसामाजिक प्राथमिक सहायता प्राप्त गरेको जानकारी दिएकी छन् । उहाँका अनुसार उद्धार कार्यमा खटिएका १५५ कर्मचारी र सुरक्षाकर्मीलाई तनाव व्यवस्थापन तालिम दिइएको छ भने प्रभावितमैत्री सेवा प्रवाहका लागि थप १०२ जनालाई अभिमुखीकरण गरिएको छ ।

विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाहरूको भूमिकाबारे बोल्दै मन्त्री वादीले समाज कल्याण परिषद्बाट परियोजना स्वीकृति प्रक्रियालाई थप द्रुत बनाइएको बताएकी छन् ।

भदौ १५ यता १४९ नयाँ परियोजना स्वीकृत भएका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट करिब ५० करोड ४२ लाख र राष्ट्रिय संस्थाबाट २० करोड ५७ लाखभन्दा बढीको राहत सामग्री परिचालन भएको मन्त्रालयले जनाएको छ । मन्त्री वादीले राहत वितरण गर्दा पीडितको अपमान हुने खालका गतिविधि रोक्न सचेत गराएकी छन् ।

मन्त्री वादीले भनेकी छन्, ‘पीडितलाई सहयोग गर्दा उनीहरूको घाउमा नुन थप्ने होइन, घाउ निको पार्ने वातावरण बनाउनुपर्छ ।’

उहाँले विशेषगरी बालबालिकाको पहिचान खुल्ने गरी सामग्री सार्वजनिक नगर्न र महिला तथा पीडितलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न सबैमा आग्रह गरेकी छन् ।

विपद्को जोखिमलाई अवसरका रूपमा लिई हुन सक्ने मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी सीमा नाका र होल्डिङ सेन्टरहरूमा निगरानी बढाइएको छ ।

मन्त्रालयले राहत र उद्धारलाई मात्र प्राथमिकता नदिई प्रभावितको पुनर्स्थापना, जीविकोपार्जन र दीर्घकालीन सामाजिक संरक्षणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको जनाएको छ ।

 

Previous Post

बाढी प्रभावित बालबालिका तथा जोखिममा रहेका वर्गको दीर्घकालीन संरक्षणमा सरकारः मन्त्री वादी

Next Post

वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In